
नेपालगञ्ज । नेपाल लेखापढी कानून व्यवसायी एसोशिएसन बाँकेले नेपालगञ्जमा निःशुल्क आँखा जाँच शिविर संचालन गरेको छ । एसोशिएसनले नेपालगञ्जस्थित मालपोत कार्यालय नजिकै गरेको शिविरमा उल्लेख्य मात्रामा सर्वसाधारणले सेवा लिएका छन ।
नेपालगञ्ज अप्टिकल एण्ड भिजन सेन्टरको प्राविधिक सहयोगमा भएको शिविरमा ११५ जनाको निःशुल्क स्वास्थ्य जाँच गराएका हुन । एसोशिएसनका अध्यक्ष राम गोपाल बर्माको अध्यक्षमा भएको कार्यक्रममा अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको बरिष्ठ सल्लाहकार जगदम्बा पाठकले जानकारी दिनुभयो ।
एसोशिएसनले सामाजिक कार्यमा सक्रियता देखाउनुपर्छ भन्दै यस्ता अभियानहरु आगामी दिनमा समेत संचालन गर्ने योजना रहेको सल्लाहकार पाठकले बताउनुभयो । बिगतमा पनि केही कार्यक्रम गरिएको भएपनि अबका दिनमा फरक खालको गतिबिधिलाई अगाडी बढाउने योजना रहेको एसोशिएसनले जनाएको छ ।






