नेपालगञ्ज महोत्सवमा आज गायिका टिका पुन लगायतको प्रस्तुति

नेपालगञ्ज । नेपालगञ्जको वाटरपार्कमा जारी सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवमा दर्शकको उत्साहपूर्ण सहभागिता बढेको छ । चौथो दिन शुक्रबार भएका कारण महोत्सवममा दर्शकको अन्यदिन भन्दा उत्साहपूर्ण सहभागिता भएको हो ।

यसअघि बिहीबार ज्योती मगरको बेजोड प्रस्तुतिले महोत्सव स्थल तातिएको थियो । दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुतीमा रम्न दर्शकको संख्या बढ्दै गएको हो ।

आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेकी अध्यक्ष मधुकुमारी खड्काले भोलीदेखि लगातार विदा पर्न गएकोले दर्शकको उपस्थिति झनै बढेर जाने बताउनुभयो ।

‘मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा शुक्रबार टंक तिमिल्सिना, एमटी महर, सृजना खत्री र करिश्मा ढकालको प्रस्तुतिमा दर्शकहरु झुमे ।

धम्बोझी, वाटरपार्क, विशालनगर, तेजनगर, कारकाँदो, पुष्पलाल चोक लगायतको क्षेत्रबाट स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो । महोत्सव हेर्न आएका दर्शकले घरअगाडी साँझसम्म सञ्चालनमा रहेको महोत्सवमा सपरिवार आउँदा छुट्टै अनुभूति भएको प्रतिक्रिया दिए ।

राती ८ बजेसम्म चल्ने महोत्सवको सांगातिक कार्यक्रम कुनै कन्सर्ट भन्दा कम छैन । डिजे लाईट र दमदमार साउण्ड सिस्टमका साथ कलाकारले आफ्नो प्रस्तुती राख्दा कन्सर्ट आयोजना गरिएको जस्तो महसुस भएको महोत्सव स्थल पुगेका दर्शकको प्रतिक्रिया छ ।महासंघ बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ । विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।

शनिबार लोक तथा दोहोरी गायिका टिका पुन, ¥यापर टोङ र डान्सर आरुषी मगरसहित स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने प्रचारप्रसार संयोजक इन्द्र बहादुर खत्रीले जानकारी दिनुभयो ।

साथै महोत्सवमा विहान १० बजेदेखि नै स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहनेछ । शुक्रबारको महोत्सव पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले सञ्चालन गरेको थियो । भने शनिबार हुने महोत्सवको सञ्चालन तिलक गाउँले तथा रुपाघर्तीमगरले गर्नु हुनेछ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति (महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगञ्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगञ्ज उपमहानगरपालिका रहेको छ ।

Previous articleलेखापढी कानून व्यवसायीद्वारा निःशुल्क आँखा जाँच शिविर
Next articleखजुराले अनुुदानमा नियुुक्त शिक्षकमाथि विभेद गर्यो : इन्चार्ज सुवेदी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here