खजुराले अनुुदानमा नियुुक्त शिक्षकमाथि विभेद गर्यो : इन्चार्ज सुवेदी

खजुरा । नेपाल राष्ट्रिय शिक्षक संगठन खजुुरा गाउँसमितिको पाँचौ गाउँ परिषद आज सम्पन्न भएको छ । खजुरास्थित ज्ञानोदय माध्यमिक बिद्यालय परिसमा खजुुरा गाउँ समितिका अध्यक्ष यमनारायण महतोको अध्यक्षता सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै संगठनका राष्ट्रिय समिति सदस्य तथा बाँके र बर्दिया इन्चार्ज बामदेब सुुवेदीले खजुुरा गाउँपालिकाले पालिका अनुुदानमा नियुुक्त शिक्षकहरुमाथि विभेद गरेर अपराध गरेको बताउनुुभयो ।

उहाँले प्रधानाध्यापक मिलान वा दरबन्दी मिलानका नाममा पालिकाले संगठनमा आवद्ध शिक्षकहरुलाई नियतबस दुुःख दिने काम गरेमा संगठनलाई स्वीकार्य नहुुने र प्रतिरोध गर्ने बताउनुभयो ।संगठनमा आवद्ध शिक्षक कक्षा कोठामा इमान्दारी साथ सक्रिय हुुनुु पर्ने र आवश्यक संरक्षण संगठनले गर्ने समेत धारणा राख्नुुभयो । परिषदमा सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुुत गरिएको गरिनुका साथै सेवा निवृत भएका शिक्षकलाई सम्मान तथा नव प्रवेशी शिक्षकहरुलाई स्वागत गरिएको थियो । खजुुरामा २ सय ५० शिक्षकहरु संगठनमा आवद्ध रहेपनि शनिबारको कार्यक्रममा सयबढी शिक्षकको उपस्थिति रहेको थियो ।

प्रदेश तथा जिल्लाका नेताहरुको उपस्थिति रहेको सो परिषदलाई गाउँसमितिका सचिव प्रकाश खड्काले सञ्चालन गर्नुभएको थियो ।

Previous articleनेपालगञ्ज महोत्सवमा आज गायिका टिका पुन लगायतको प्रस्तुति
Next articleमहोत्सवमा आईतबार प्रमोद खरेलको प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here