बाँकेमा शान्ति सुरक्षा कायम राख्न मानव अधिकारकर्मीको अपिल

नेपालगञ्ज । पछिल्ला दिन बाँकेमा लगातार भएका अपराधिक घटनाहरुबाट आम नागरिकका शान्ति सुरक्षामा खलल् पुगि रहेको घटनाप्रति विभिन्न मानव अधिकारकर्मीहरुको ध्यानाकर्षण भएको छ ।

मानव अधिकारकर्मीहरुले मंगलबार संयुक्त बिज्ञप्तिमार्फत उल्लेखित घटनाले आम नागरिकहरुको बाँच्न पाउने नैसर्गिक अधिकारमा खलल् पुगेको भन्दै सम्वन्धित निकाय चनाखो र प्रभावकारी भूमिका निर्वाह गर्न अपिल गरेका छन् ।

नेपालगञ्ज उपमहानगरपालिका-२१ का एक २२ वर्षीय युवकको १८ गते हत्या गरिएको अवस्थामा शव फेला परेको घटना, होली पर्वको बेला भएका झडपहरु, दिनदहाडै भएको हत्याका अन्य अपराधका घटनाले नागरिकका जिउ ज्यानको सुरक्षामा गम्भीर चोट पुगेको अधिकारकर्मीकाे ठहर छ ।

नेपालगञ्जलगायत खजुरा क्षेत्रमा भएकाे हत्या हिंसाका घटनाले स्वातन्त्रपुर्वक, भयरहित वातावरण बाँच्न पाउने नागरिकको संवैधानिक अधिकार र उपभोगमा असर परेको बिज्ञप्तिमा उल्लेख छ ।

राज्य पक्षबाट शान्ति सुरक्षाको जिम्मेवारी लिएका स्थानीय प्रहरी प्रशासनले शान्ति सुरक्षाप्रति चनाखो र अपराधिक घटनामा संलग्न ब्यक्ति, समूहको पहिचान गरी कानूनी दायरामा ल्याएर पीडिकलाई कार्यवाही र पीडितलाई न्यायदिन समेत अपिल गरिएको छ ।

समाजमा मानव अधिकार उलंघन तथा ज्यादतिका घटनाहरु हुन नदिन राज्यका सुरक्षा संयन्त्रहरुलाई थप चनाखो हुन र प्रभावकारी भूमिका निर्वाह गर्न समेत सम्वन्धित पक्षसंग अधिकारकर्मीले अनुरोध गरेका छन् ।

नेपाल बार एशोसिएसनका पुर्व उपाध्यक्ष वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपालगञ्ज बार उच्च अदालत बार एशोसिएसनका अध्यक्ष चित्र बहादुर शाही, इन्सेक लुम्बिनी प्रदेश संयोजक भोला महत्त, एडभोकेसी फोरम नेपालका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतम, सुचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष विश्वजीत तिवारी, मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य प्रभात कुमार ठकुरी, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका संयोजक बल बहादुर चन्द, अधिवक्ता केवल सिंह थारुले संयुक्त रूपमा एक विज्ञप्ति जारी गर्दै अपिल गर्नुभएको हाे ।

Previous articleलुम्बिनीमा अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने
Next articleबाँकेमा एसईई परीक्षामा अमर्यादित कार्य गर्ने पक्राउ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here