बाँकेमा एसईई परीक्षामा अमर्यादित कार्य गर्ने पक्राउ

नेपालगञ्ज । बाँकेमा एसईई परीक्षामा अमर्यादित कार्य गर्नेहरूलाई कारबाही गरिएको छ । परीक्षामा सूचना प्रबिधिको प्रयोग गरि मर्यादा बिपरितका गतिबिधी गर्ने/गराउने कार्यमा संलग्न ६ जनालाई कारबाही गरिएको हाे ।

पक्राउ परेका ६ जनामध्ये ए-वान कन्सल्टेन्सीका रिसेप्सनिस्ट स्नेहा चौधरीलाई सोधपुछ गरि छाडिएको र बाँकी ५ जनामाथि अनुसन्धान शुरू गरिएको बाँके प्रशासनले जनाएको छ ।

पक्राउ पर्नेहरूमा लोटस ईंग्लिस मिडियम हाई स्कुलका प्निन्सिपल तपन शर्मा र बिद्यालयका पार्ट-टाइम शिक्षक अफ्ता खान, कन्सल्टेन्सिका संचालक इरफान अलि मिकरानी, दिलिप बि.क. र सन्तोष नेपाली रहेकाे बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पाेखरेलले जानकारी दिनुभयाे ।

प्रजिअका अनुसार कन्सल्टेन्सिमा रहेका उनीहरुले मोबाइल प्रयोग गरि प्रश्न-पत्र आउट गराउने र उत्तर तयार गरि ह्वाट्सअप एपमार्फत बिद्यार्थीलाई पठाउने कार्य गरेका थिए । साथै कन्सल्टेन्सिबाट मोबाइल-५ थान, ल्यापटप-१ थान, गाईड, सोलुसन, केही मोबाइल नम्वर उल्लेख भएको कागजात बरामद गरिएको छ ।

लोटस स्कुलका शिक्षक अल्ताफ (9804544176) लगायतले २७ जनाको ह्वाट्सअप ग्रुप बनाएर ती ग्रुपहरुमा उत्तर पठाउने कार्य गर्दै रहेको अवस्थाका मोबाइलहरु केन्द्रबाट बरामद भएकाे प्रजिअ पाेखरेलले बताउनुभयाे । प्रशासनका अनुसार परीक्षालाई मर्यादित बनाउन ज्ञानोदय विद्या निकेतन केन्द्रका केन्द्राध्यक्षसहितको टिमलाई परिवर्तन गरिएको छ ।

Previous articleबाँकेमा शान्ति सुरक्षा कायम राख्न मानव अधिकारकर्मीको अपिल
Next articleनेपालगञ्ज-२२ मा गुरुकुल भवन निर्माण शुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here