माइती नेपालको ३२ औं स्थापना दिवसमा जनचेतना मुलक कार्यक्रम

नेपालगञ्ज । “हाम्रो आवाज चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको माइती नेपालको ३२ औं स्थापना दिवसको अवसरमा बिभिन्न जनचेतना मुलक कार्यक्रम गरिएको छ ।

मानव बेचबिखन तथा ओसारपसारबिरुद्व नेपाल-भारत सिमा जमुनाहा नाकामा सामुहिक प्रतिबद्धता यात्रासहित पोष्टर पम्पलेट टास्नुका साथै बितरण गर्दै व्यानर प्रदर्शन गरिएको छ ।

यस्तै कोहलपुर नगरपालिका वडा नं-१ कौशिलानगरमा चेतनामुलक सडक नाटक ‘भुल’ प्रर्दशन गरिएको छ । सडक नाटकमार्फत दलालहरुले के कस्ता तरिका अपनाई महिला तथा बालबालिकालाई झुक्याउने त्यस्ता दलालबाट कसरी बच्ने, स्थानीय सरकार एवं स्थानीय समुदायको भुमिका प्रष्ट्याइएको थियो । कोहलपुरस्थित समाज सेवा संस्थाका अध्यक्ष बिनोद थापाको अगुवाईमा सो नाटकमा प्रदर्शन भएको थियो ।

नाटकको समापन कार्यक्रममा बोल्दै कोहलपुर-१ वडा अध्यक्ष बद्री प्रसाद जैसीले मानव बेचबिखन बिभिन्न माध्यमबाट दलालहरुले गरिरहेको हुँदा हामी सबै सचेत भई यस बिरुद्व लाग्नुपर्ने कुरामा जोड दिनुभयो । माइती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले मानव बेचबिखन हामी सबैको साझा समस्या भएकोले बिरुद्व सबैको संयुक्त सक्रियता आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कोहलपुर-१ का वडा सदस्यहरु शितली दमाई, कविराम पुलामी मगर, स्थानीय प्रहरी, युवा, बिद्यार्थी, संचारकर्मीसमेतको उपस्थिति रहेको थियो ।

माइती नेपालले समुदायस्तरसम्म स्थानीय बिद्यार्थी, युवा, अभिभावक समेतको समुह गठन गरि थप सशक्तिकरण गरि परिचालन, सरकारी तथा गैर सरकारी निकायहरु समेतको दायित्वबोध एवं क्रियासिलतामा बृद्वि, अन्तरदेशीय संयन्त्र निर्माण एवं परिचालन गर्दै मानव बेचबिखनबिरुद्व निर्मित ऐन नियमहरु समेतको आवश्यकता अनुसार परिमार्जन भएका ऐन नियमको प्रभावकारी कार्यान्वयनका लागि वकालत गर्ने लगायतका कार्यक्रम गर्दै आएको छ ।

२०४९ साल चैत्र २४ मा “हाम्रो आवाज : चेलिबेटी बेचबिखनबाट मुक्त समाज” भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाले मानव बेचबिखन रोकथामका लागि जनचेतनामुलक कार्यक्रमहरु समुदायस्तरसम्म संचालन गर्नुका साथै नेपालका बिभिन्न नाकाहरुमा सूचना तथा परामर्श केन्द्र स्थापना गरि जोखिमपुर्ण यात्रामा रहेका महिला बालबालिकाहरुको उद्वार, भारत लगायतका देशहरुमा यौन एवं श्रम शोषणमा परेका महिला बालबालिकाहरुको उद्वार, आवाशीय सेवा, मनोसामाजिक परामर्श, कानूनी सहायता, स्वास्थ्य सेवा लगायत प्रदान गर्दै सीपमुलक तालिम, परिवार र समाजमा पुर्नमिलनका कार्य गर्दै आएको संयोजक कोइरालाले जानकारी दिनुभयो ।

Previous articleभेरीगंगा सहकारी र ऋणीबीचको विवाद समाधान
Next articleखजुरामा भोलिदेखि जुडो तथा प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here