खजुरामा भोलिदेखि जुडो तथा प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार

नेपालगञ्ज । बाँकेको खजुरामा भोलिदेखि तीन दिने खजुरा गाउँपालिकास्तरीय जुडो प्रतियोगिता तथा प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार संचालन हुने भएको छ ।

मंगोलियन जुडो क्लबले खजुरा गाउँपालिकाको सहयोगमा यही चैत्र २७, २८ र २९ गते हुने प्रतियोगिता तथा सेमिनारलाई दुई चरणमा बिभाजन गरिएको छ । नेपालगञ्जमा सोमबार पत्रकार सम्मेलनमार्फत क्लबका अध्यक्ष बिजय गुरुङले पहिलो दिन २७ गते खजुरा गाउँपालिकाका जुडो खेलाडीहरुको सहभागितामा प्रतियोगिता हुने जानकारी दिनुभयो ।

पहिलो दिनको बिजयी प्रतियोगिहरुलाई प्रथम, द्धितीय र तृत्तीयलाई पुरस्कार प्रदान गरिनेछ । यस्तै दोस्रो चरणमा चैत्र २८ र २९ गते प्रथम लुम्बिनी प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार हुनेछ । यसमा बाँकेसहित बर्दिया, दाङ, रुपन्देही र प्यूठानबाट खेलाडीहरु सहभागि हुने तय भएको अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

प्रतियोगितामा ६ जना प्रशिक्षकसहित ७५ जना खेलाडीहरु सहभागि हुने छन् । राष्ट्र र स्वास्थ्यका लागि खेलकुद नाराका साथ क्लबले खजुरालाई जुडोको हब बनाउन लागि परेको जनाइएको छ । युवा तथा बालबालिका लागूऔषधको चंगुलमा फसिरहेको अवस्थामा उनीहरुलाई खेलतर्फ आकर्षित गर्ने क्लबको लक्ष्य रहेको समेत अध्यक्ष गुरुङ्गले बताउनुभयो ।

क्लबले २०६६ सालमा पहिलो पटक खजुरामा हालको लुम्बिनी प्रदेशका जिल्लालाई समेटने गरी प्रथम जुनियर जुडो प्रतियोगिता आयोजना गरेको थियो भने २०७९ सालमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई समेटेर दोस्रो जुल्ला जुनियर जुडो प्रतियोगिता संचालन गरेको थियो ।

सम्मेलनमा जुडो संघ बाँकेका जिल्ला उपाध्यक्ष नकुल खत्रीको समेत उपस्थिति रहेको थियो ।

Previous articleमाइती नेपालको ३२ औं स्थापना दिवसमा जनचेतना मुलक कार्यक्रम
Next articleहोटेल स्टारलाईटको न्यू इएर इभमा गायिका शान्ति श्रीको प्रस्तुति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here