होटेल स्टारलाईटको न्यू इएर इभमा गायिका शान्ति श्रीको प्रस्तुति

नेपालगञ्ज । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा होटल स्टारलाइटले न्यू इएर इभ मनाउने भएको छ । नयाँ वर्षको पूर्वसन्ध्यामा न्यू इएर इभमा होटल स्टारलाईटले राष्ट्रियस्तरको कलाकारको उपस्थितिमा सांगितिक कार्यक्रम गर्ने भएको हो ।

राष्ट्रिय कलाकारको प्रस्तुतिसहित चैत्र ३० गते राती स्टारलाइटले खानामा विशेष प्याकेज दिने जनाएको छ । राष्ट्रिय कलाकारका साथ नेपाली नयाँ वर्ष मनाइने होटलका सिइओ कुमार मैनालीले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिताका लागि प्रतिब्यक्ति एक हजार नौ सय ९९ र जोडीले तीन हजार ४ सय ९९ मा असिमित स्न्याक, स्वागत ड्रिन्कसहित बुफे डिनरको सुविधा उपलब्ध हुनेछ । १० वर्षमुनिका बालबालिकालाई भने निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । साथै सामुहिकरुपमा टिकट लिनेलाई एउटा टिकट निःशुुल्क दिइने होेटेलले जनाएको छ ।

कार्यक्रममा चर्चित लोक तथा दोहरी गायिका शान्ति श्री परियार, कमेडियन आर्दश मिश्रा, स्मारिका ढकालका साथ अफ रोड ब्याण्डको प्रस्तुति रहनेछ । साथै लाइभ बार, लाइभ फुड स्टल, फायर वोर्क र फन गेम्स हुनेछ ।

Previous articleखजुरामा भोलिदेखि जुडो तथा प्रदेशस्तरीय जुडो कोचिङ्ग सेमिनार
Next articleविश्वकप २०२४ मा नेपाली टिमले लगाउने जर्सी सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here