
नेपालगञ्ज । पत्रकारितामा आवद्ध सञ्चारकर्मी संगिता पाठक (सन्ध्या शर्मा) ले किभा व्युटी पार्लर सञ्चालनमा ल्याउनुभएकाे छ ।
बुधबार बिहान ८ः१५ बजेको समयलाई शुभसाइत पारेर किभा व्युटी पार्लरको उद्धाटन गरिएको छ । चैते दशै अर्थात चैत्र महिनाको नवरात्रीलाई मध्येनजर गर्दै कन्या (आद्या मिश्र) बाट उक्त पार्लर उद्धाटन गरिएको हो ।
वर्तमान अवस्थालाई मध्यनजर गर्दै शर्माले व्यवसायतर्फ आफ्नो पाईला बढाउनुभएकाे छ । नेपालगञ्ज वडा नं-२ हनुमानगढी मन्दिर (घरवारी टोल)को छेउमा रहेकाे उक्त पार्लरकाे उद्घाटनमा पत्रकार, समाजसेवी, लगायतको उपस्थिति थियाे ।





