निमार्णधिन नेपालगञ्ज चिल्ड्रेन पार्कको योजनाबारे सूचना माग

नेपालगञ्ज । नेपालगञ्जमा निर्माणधिन चिल्ड्रेन पार्कको योजना, डिजाइन र हाई मास्ट विजुली बारे सूचना माग गरिएको छ ।

नेपालगञ्जको बागेश्वरी मन्दिरको पुर्वतर्फ निमार्णधिन चिल्ड्रेन पार्कको बजेटसहितको योजना र स्टीमेट र नेपालगन्ज वडा नं-२ हनुमत गौशाला र घरवारी टोलमा रहेको हाईमास्ट विद्युत लाईन किन नबलेको र कहिलेदेखि बल्ने सोको पुर्ण विवरण माग गरिएको छ ।

नेपालगञ्ज-११ का सूचना अभियन्ता शैलेन्द्रकुमार बैश्य र अधिबक्ता विश्वजित तिवारीले नेपालगञ्ज उपमहानगरपालिका कार्यालयसंग आज सूचना माग गर्नुभएको हो । नेपालको संविधान २०७२ को धारा २७ तथा सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सबैले थाहा पाउने अधिकार अन्तर्गत उक्त सूचना माग गरिएको हो ।

पछिल्लो समयमा नेपालगञ्ज आसपास चोरी, डकैतीका घटनाहरुमा बृद्धि भएकाले हाईमास्ट लाईटमा विजुलीको लाइन अतिआवश्यक भएको तत्तकाल बाल्नका लागि स्थानीयले माग गरेका छन ।

Previous articleव्यवसायमा पाईला बढाउँदै पत्रकार शर्मा
Next articleएपोस्टल एकेडमीद्वारा साँस्कृतिक कार्यक्रम गर्दै विद्यार्थी पुरस्कृत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here