
नेपालगञ्ज । नेपालगञ्ज खजुरा गाउँपालिकाका किशोरीहरुलाई वातावरणमैत्री स्यानेटरी प्याड बनाउन सिकाइएको छ ।
नेपालगञ्जस्थित सहयात्री नेपालको आयोजनामा दुई पालिकाका किशोरीहरुलाई महिनावारी व्यवस्थापन तथा पुनः प्रयोग गर्न मिल्ने स्वच्छ र वातावरणमैत्री स्यानेटरी प्याड बनाउने तालिम प्रदान गरिएको हो ।
तालिममा नेपालगञ्ज र खजुराका विभिन्न वडाका किशोरीहरु सहभागि भएका थिए । सस्तो र विभिन्न डिजाइनका कपडाको पुनः प्रयोग गर्न मिल्ने प्याड किशोरीहरु आफैले तयार गरि त्यसलाई धोएर पुनः प्रयोग गर्न मिल्ने र लगाउँदा सहज हुने प्रकारको स्यानेटरी प्याड बनाउन तालिम दिइएको सहयात्री नेपालका उपाध्यक्ष अरुणा गुरुङले जानकारी दिनुभयो ।
स्थानीय स्तरमा खरिद गरि प्रयोग गर्न सक्ने सामग्रीहरुले सजिलरी प्याड बनाउन सक्ने सहयात्री नेपालका सचिव अन्जना चतुर्बेदीले प्याड बनाउन सिकाउनुभएको थियो ।





