पर्यटकीय स्थलमा शुभकामना आदानप्रदान तथा पात्रो विमोचन

नेपालगञ्ज । नईस नेपालगञ्जले नया बर्ष २०८१ को पहिलो दिन शुभकामना आदानप्रदान तथा नाईस नेपालि पात्रो २०८१ बिमोचन गरेको छ । स्थानीय पर्यटकीय स्थलको प्रवद्र्धन र बजारीकरणका लागि नाईस नेपालगञ्जले गरेको भुमिका अहम रहेको बताईएको छ ।

नेपालगञ्जको पर्यटकीय स्थलको रुपमा रहेको वाटरपार्कमा गरिएको शुभकामना आदान प्रदान तथा बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि, नेपालगञ्ज उपमहानगर पालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले यस्तो बताउनुभएको हो ।

कार्यक्रमका अतिथि बरिष्ठ पत्रकार झलक गैरेले नयाँ बर्षमा क्यालेन्डरसंगै शोंच र बिचारसमेत परिवर्तन गर्न अपिल गर्नुभयो । बर्षको पहिलो दिन प्रयटकीय क्षेत्रमा कार्यक्रम गर्नु नयाँ भएको उहाँको भनाई छ ।

नाईस नेपालगञ्जका निवर्तमान अध्यक्ष तथा गैरसरकारी संस्था महासंघका केन्द्रीय सदस्य नमस्कार शाहले शुभकामना दिँदै नाईसले क्यालेन्डर प्रकाशन गरेकोमा खुशी ब्यक्त गर्नुभयो ।

कार्यक्रममा पर्यटन ब्यवसायी श्रीराम सिग्देल, बासका निवर्तमान अध्यक्ष रमेश सिटौला, हरित अभियान्ता हेमन्तराज काफ्ले लगायतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

नाईसका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव कमल शाहीले गर्नुभएको थियो ।

Previous articleनेपालगञ्ज र खजुराका किशोरीहरुलाई स्यानेटरी प्याड तालिम प्रदान
Next articleप्रेस युनियन बाँकेद्वारा २०८१ सालको भित्तेपात्रो सार्वजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here