प्रेस युनियन बाँकेद्वारा २०८१ सालको भित्तेपात्रो सार्वजनिक

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो सार्वजनिक गरिएको छ । नेपाली काँग्रेसका महामन्त्री समेत रहनुभएका प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले शनिबार नेपालगञ्जमा युनियनको भित्ते पात्रो सार्वजनिक गर्नुभएको हो ।

नेपाली कांँग्रेसका जनतासँग संवादका क्रममा नेपालगञ्ज आइपुग्नुभएको प्रतिनिधि सभा सदस्य थापाले पात्रो सार्वजनिक गर्दै आफ्ना गतिबिधिहरु सार्वजनिक र दस्तावेज हुने भएकाले यस्ता रचनात्मक कार्य यूनियनले गर्नुपर्ने बताउनुभयो । उहाँले २०८१ सालमा कांग्रेसलाई पुर्नजागरण गर्नुपर्ने बताउनुभयो । पुर्नजागरणको लागि पार्टीभित्र सुद्धृढिकरण र पार्टीभित्र शुद्धिकरण हुनुपर्ने उहाँको भनाई छ ।

काँग्रेसका केन्द्रीय सदस्यहरु मैकुलाल बाल्मिकी, मधु आचार्य, प्रतिमा गौतम, लुम्बिनी प्रदेश सभापति अमर बहादुर पुन, काँग्रेस बाँकेका पुर्व सभापतिहरु कृष्णमान श्रेष्ठ, गजेन्द्र हमाल, कार्यबाहक सभापति गोपाल प्रसाद अधिकारी, प्रतिनिधि सभा सदस्य कुसुम थापा मगर, युनियनका वरिष्ठ केन्द्रीय उपाध्यक्ष प्रेम केसी, युनियन लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष जयसिंह केसी, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, काँग्रेस लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा चौधरी, लुम्बिनी प्रदेश सभा सदस्य बादशाह कुर्मी, माया पुन, शुसिला नेपाली, प्रजातान्त्रिक सेनानी लक्ष्मी प्रसाद आचार्य लगायतको उपस्थिति रहेको थियो ।

युनियन बाँकेका अध्यक्ष प्रियास्मृति ढकालको सभापतित्वमा नेपाली काँग्रेस बाँकेको कार्यालयमा उक्त कार्यक्रम गरिएको थियो ।

Previous articleपर्यटकीय स्थलमा शुभकामना आदानप्रदान तथा पात्रो विमोचन
Next articleभारततर्फ निकासी हुन लागेको ठुलो मात्राको चुरोट बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here