
कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकाभित्र सामुदायिक विद्यालयको कक्षा ८ को नजितालाई लिएर गरिएको अध्ययन अनुसन्धानबाट एक दर्जन व्यक्तिहरु दोषी देखिएका छन् ।
कोहलपुरमा कक्षा ८ को नतिजा प्रकाशन सम्बन्धी परेका उजुरी र अभियोग पत्रका आधारमा छानविन समितिले गरेको अध्ययन अनुसन्धानबाट एक दर्जन व्यक्तिले परीक्षामा अनैतिक क्रियाकलाप गरेको देखिएको छ ।
छानविन समितिको प्रतिवेदन सार्वजनिक गर्दै सोमबार कोहलपुर नगरपालिकाले प्रतिवेदनका आधारमा कर्मचारीलाई निलम्बन लगायत कारबाही गर्नेसम्मको निर्णय गरेको जनाएको छ ।
कोहलपुरका नगर प्रमुख पूर्ण प्रसाद अचार्यले प्रतिवेदन सार्वजनिक गर्दै कर्मचारीलाई निलम्बनसँगै अन्य दोषीहरुलाई कारबाही गर्ने कार्यपालिका बैठकले निर्णय गरेको जानकारी दिनुभयो ।
प्रतिवेदन अनुसार कोहलपुर नगरपालिका शिक्षा शाखाका प्रमुख राम बहादुर हमाल, अधिकृत रविलाल मिजार, प्राविधिक सहायक बल बहादुर नेपाली र कार्यालय सहयोगी भरत थारु दोषी देखिएपछि कारवाहीको लागि सिफारिस गरिने प्रमुख आचार्यले सार्वजनिक रुपमा उद्घोष गर्नुभएको छ ।
यसका साथै परीक्षामा अनैतिक कार्य गर्ने केही शिक्षकहरुलाई समेत कारबाहीका लागि आवश्यक पहल शुरु गरिएको जनाइएको छ । चैत २३ गतेको प्रकाशित भएको नतिजामा पास भएका विद्यार्थीहरुको हकमा भने पास हुनेछन् भने अन्य पास भएका विद्यार्थीहरुलाई फेल गराइएको हकमा भने सो विद्यार्थीहरु पास हुनेछन् ।
प्रतिवेदन :







