
नेपालगञ्ज । बाँकेमा संगठित रहेको यादव समाज सेवा केन्द्र बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रो बिमोचन गरिएको छ । समाज सेवा केन्द्र बाँकेले प्रकाशन गरेको २०८१ सालको भित्तेपात्रोको सोमबार नेपालगञ्जमा एक औपचारिक कार्यक्रममार्फत बिमोचन गरिएको हो ।
लुम्बिनी प्रदेशका निवर्तमान कषि मन्त्री भण्डारीलाल यादव, (अहिर), जानकी गाउँपालिकाकी उपाध्यक्ष रामप्यारी यादव, जानकी गाउँपालिका वडा नं-६ का निवर्तमान वडाअध्यक्ष शुरेस अहिर, शिक्षा तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेस यादव, महेन्द्र पुस्तकालय नेपालगञ्जका अध्यक्ष बलराम यादव लगायतले संयुक्त रुपमा पात्रोको बिमोचन गर्नुभएको थियो ।
समाज सेवा केन्द्रका अध्यक्ष सूर्यलाल यादवको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने अतिथिहरुले सेवा केन्द्रले विभिन्न कार्यक्रममार्फत राम्रो कार्यको शुरुवात गरेको भन्दै शुभकामना दिएका थिए । उनीहरुले संस्थाले समाजमा रचनात्मक कार्यमा सक्रिय हुन समेत अनुरोध गरेका थिए ।





