थप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं । बुधबार थप ४८२ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ४ सय ८२ जना कोरोना संक्रमित थपिएका छन् ।

जसमध्ये १ सय १७ महिला र ३ सय ६५ जना पुरुष रहेका छन् । संक्रमितको कुल संख्या १४ हजार ४६ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिलेसम्म क्वारेन्टाइनमा ४८ हजार तीन सय ६२ जना रहेका छन् ।

आइसोलेसनमा भने ९ हजार तीन सय ६० जनाको उपचार भइराखेको छ ।

Previous articleतटबन्ध निर्माण कार्यमा घुस लिएका चार जना पक्राउ
Next articleसरकारले खुल्ला गर्‍यो वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here