सरकारले खुल्ला गर्‍यो वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति

काठमााडौं । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुल्ला गरेको छ । गत फागुन ३० गतेदेखि रोकिएको श्रम स्वीकृति पुनः सुचारु गरिएको वैदेशिक रोजगार काठमाडौं कार्यालय ताहाचलका कार्यालय प्रमुख उमेश बस्नेतले बताउनुभयो ।

बिहीबारदेखि पुनः श्रम स्वीकृति दिन सुरु गरिएको तर श्रम स्वीकृतिका लागि कार्यालयमा कोही पनि नआइपुगेको कार्यालय प्रमुख बस्नेतले जानकारी दिनुभयो ।

लकडाउनका कारण बिदामा नेपाल फर्किएर अड्किएका, तथा करार अवधि बाँकी रहेका हकमा कोरोना भाइरस सम्बन्धी स्वास्थ्य प्रोटोकलको पालना गरी वैदेशिक रोजगारीमा जान दिने कार्यालयले जनाएको छ ।

वैदेशिक रोजगारीमा पुनः श्रम स्वीकृति लिएर जाने व्यक्ति स्वयंले अनिवार्य रुपमा पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट बुझाउनुपर्ने बताइएको छ ।

Previous articleथप ४८२ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १४ हजार नाघ्यो
Next article४६ सय बढि कोरोनाबाट मुक्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here