आयूर्वेद उपचार सेवासहित नेपालगञ्जमा बृहत योग विज्ञान शिविर हुँदै

नेपालगञ्ज । आयूर्वेदको उपचार सेवासहित नेपालगञ्जमा पाँच दिने बृहत योग विज्ञान शिविर संचालन हुने भएको छ । यही बैशाख १८ देखि २२ गतेसम्म विभिन्न रोगहरुको आयूर्वेद उपचार सेवासहित नेपालगञ्जमा बृहत योग विज्ञान शिविर संचालन हुने भएको हो ।

पतंजलि योगपीठ÷योग समिति बाँकेको आयोजनामा नेपालगञ्जको रामलिला मैदानमा विभिन्न रोगहरुको उपचार, प्ररामर्श, स्वास्थ्य परीक्षण सेवासहित शिविर संचालन गर्न लागिएको पतंजलि योग समिति बाँकेका अध्यक्ष हरपाल सिंहले जानकारी दिनभुयो ।

प्रत्येक दिन विहान ५ बजेखि ७ बजेसम्म संचालन हुने शिविर तथा उपचार सेवा निःशुल्क रहेको जनाइएको छ । आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै समिति बाँकेका महासचिव विर बहादुर हमालले आम व्यक्तिहरुलाई आफ्नो स्वास्थ्यतर्फ सचेत भई सक्रिय बन्न प्रेरित गर्न शिविरको उद्देश्य रहेको जानकारी दिनुभयो ।

विहान ७ बजेसम्म शिविर र त्यसपछि ८ बजेसम्म आवश्यक भएका व्यक्तिहरुको आयूर्वेदिक डाक्टरबाट निःशुल्क स्वास्थ्य परीक्षण गरिनेछ । शिविरलाई पतंजलि योगपीठ हरिद्वार र योगपीठ नेपालका प्रखर योगगुरु तथा प्रशिक्षकहरुले संचालन तथा सहजीकरण गर्ने छन् ।महासचिव हमालका अनुसार शिविरमार्फत मुटु, फोक्सो, मस्तिष्क, पाचन प्रणालीसँग सम्बन्धित शारीरीक रोगहरुको निको पार्न सकिने, मोटोपन, मधुमेह, कोलेस्ट्रोल, कब्जियत, दम, एलर्जी, माइग्रेन, ब्लड प्रेसर, लकवा, अर्थराईटिस जस्ता सम्पूर्ण शारीरीक विकार नष्ट गर्न सकिने, शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्न हुने, सकारात्मकता र उत्साहले भरिपूर्ण जीवन जिउने कला विकास हुनेछ ।

शिविरमार्फत नै जिल्ला आयूर्वेद स्वास्थ्य केन्द्र बाँँके र नेपालगञ्ज आयूर्वेद जनरल हस्पिटलको प्राविधिक सहयोगमा आयूर्वेदिक डाक्टरहरुद्वारा निःशुल्क स्वास्थ्य परीक्षण सुविधा प्रदान गरिनेछ । शिविरमा सहभागि हुने व्यक्तिहरुले योग गर्नका लागि बिछ्याउने (म्याट, कार्पेट) आयोजकले व्यवस्थापन गर्ने भएकाले लिएर जान नपर्ने जनाइएको छ ।

यस्तै शिविरमार्फत आउने बिरामीलाई आयूर्वेद जनलरल हस्पिटलले बिशेष छुट दिने जनाएको छ । हस्पिटलका अध्यक्ष मैकुलाल बाल्मिकीले शिविरमा पुगेर अस्पतालबाट सेवा लिन चाहने बिरामीलाई प्रयोगशाला परीक्षण तथा आयूर्वेदिक औषधीमा ५ प्रतिशत छुट र फिसर, फिस्टुला, पायल्सको उपचारमा १० प्रतिशत छुट प्रदान गरिने जानकारी सार्वजनिक गर्नुभएको छ ।

जिल्ला आयूृर्वेद स्वास्थ्य केन्द्रका डाक्टर शिवराज सुवेदीले शिविरमा अष्टाङ्ग, बालरोग, महिला सम्बन्धि रोगको परीक्षण निःशुल्क हुने भएकाले धेरै भन्दा धेरैलाई स्वास्थ्य सेवा लिन अनुरोध गर्नुभयो । शिविरमा करिब दुई हजार व्यक्ति सहभागि हुने आयोजकको अनुमान छ ।

Previous articleबर्दियाका १२ विद्यालयका सरोकारवालाबीच अभिमुखिकरण
Next articleशुल्क सम्बन्धि मापदण्ड पालना गर्न नेपालगञ्ज उपमहानगरको निर्देशन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here