
बर्दिया । बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेज कार्यान्वयनको लागि बर्दिया जिल्लाका १२ विद्यालयका सरोकारवालाबीच अभिमुखिकरण गरिएको छ ।
बृहत विद्यालय सुरक्षाको न्यूनतम प्याकेजका बारेमा विद्यालयका प्राधानाध्यापक, बिद्यालय व्यवस्थापन समितति पदाधिकारी, सम्पर्क शिक्षकहरुका लागि २ दिने अभिमुखिकरण सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपाल तथा भेरी वातावरणीय बिशिष्टता समुह (बि ग्रुप)को आर्थिक साझेदारी र ठाकुरबाबा नगरपालिकाको समन्वयमा परियोजा संचालित बर्दियाको ठाकुरबाबा नगरपालिकाका २३ जना प्रधानाध्यापक तथा सम्पर्क (फोकल) शिक्षकको क्षमता विकासका लागि अभिमुखिकरण संचालन गरिएको हो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, बृहत् विद्यालय सुरक्षा कार्यान्वयन कार्यविधि २०७५ ले ब्यवस्था गरे अनुसार नेपालमा विपद् जोखिम न्यूनीकरणको परिचय, नेपालमा विपद् जोखिमको अवस्था, नीतिगत व्यवस्था, विद्यालय क्षेत्र सुधार योजना, बृहत् विद्यालय सुरक्षा गुरुयोजना २०१८, बृहत् विद्यालय सुरक्षा न्यूनतम् आवश्यकता प्याकेज, बृहत् विद्यालय सुरक्षा कार्यानवयन कार्यविधि, विद्यालय सुधार योजना, प्रकोप, सङ्कटासन्नता तथा क्षमता लेखाजोखा औजारको अभ्यास प्रकोप पात्रो र समन्वय, बृहत् विद्यालय सुरक्षा कार्ययोजना तयारी बारेमा अभिमुखिकरण गरिएको छ ।
अभिमुखिकरणमार्फत बृहत् विद्यालय सुरक्षा कार्ययोजनाको नमूना मस्यौदा समेत निर्माण गरिएको छ । बृहत् विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरण समायोजित विद्यालय सुधार कार्यक्रमलाई स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समायोजन गर्नुपर्नेमा जोड दिइएको छ ।
यस आर्थिक वर्षको २०८१ को पुष मसान्तसम्म बृहत् विद्यालय सुरक्षा र विपद् जोखिम न्यूनीकरण कार्ययोजना निर्माण गरि लागु गर्न ठाकुरबाबा नगरपालिकासंग पैरवी गरिनेछ । बिगत लामो समयदेखि कृयाशिल सहजकर्ता बखत भण्डारीले कार्यक्रममा सहजिकरण गर्नुभएको थियो ।





