सार्वजनिक निकायको सेवा प्रवाहप्रति कांग्रेस बाँकेको गम्भीर ध्यानाकर्षण

नेपालगञ्ज । नेपाली कांग्रेस बाँकेले सार्वजनिक सेवा प्रदायक कार्यालयहरुका बारेमा पछिल्लो समय ब्यापक जनगुनासो आइरहेको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सभापति नारायणप्रसाद गौडेलले आज एक विज्ञप्ती निकालेर छिटो-छरितो र प्रभावकारी सेवा प्रवाह गर्नुपर्ने कार्यालयहरुमा ब्याप्त बेथिति, ढिलासुस्ती, अनियमितता र आर्थिक चलखेलका गुनासाहरु आउनुलाई दुर्भाग्यको विषय भनेका छन् ।

उसले सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटोछरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न ध्यानाकर्षण समेत गराएको छ । ‘नेपाली कांग्रेस जनसरोकारका विषयमा प्रखर ढंगले मुखरित हुँदै आएको पार्टी हो । जनताका समस्यालाई नजिकबाट नियालेर समाधानार्थ पहल लिने र दबाब सिर्जना गर्ने कार्यमा पनि कांग्रेसको अग्रसरता नागरिकले राम्रैसंग अनुभूत गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्थाको अभ्यास भइरहेको देशमा कुनै पनि बहानामा जनताले पाउने सेवा सुविधा र अधिकार संरक्षणका सवालहरुलाई नजर अन्दाज गर्न मिल्दैन, गौडेलद्वारा जारी विज्ञप्तीमा भनिएको छ-मुलुक संघियतामा गएपछि घर छेउँबाटै सहजै सेवा पाउने अभिलाषालाई निराश बनाउने गरी जनताको चाप रहने सरकारी कार्यालयहरुले कुनै पनि कर्म गर्नु हुँदैन भन्नेमा नेपाली कांग्रेस बाँके प्रष्ट छ ।

जनताका कामकाजसंग प्रत्यक्ष जोडिएका सरकारी कार्यालहरुका बारेमा विगतदेखि नै निर्माण हुँदै आएको नकारात्मक भाष्यलाई बदलिएको शासन ब्यवस्थामा पनि सुधार गर्न सकिएन भने ब्यवस्थाप्रति नै निराशा बढ्ने भन्दै सम्बन्धित सरोकारवालालाई सेवा प्रवाह छिटो-छरितो, चुस्तदुरुस्त र गुनासोविहिन बनाउनका लागि विशेष चासो राख्न कांग्रेसले ध्यानाकर्षण गराएको छ । ब्यापक जनगुनासो आइरहेका कार्यालयहरुमा नियमित अनुगमन र सेवा सुधारका लागि गम्भीर बन्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दछौं,’ विज्ञप्तीमा भनिएको छ ।

Previous articleनेपालगञ्जको एक औषधी पसल सिल
Next articleश्रमिक दिवसमा नेपालगञ्जमा प्रभातफेरी र सभा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here