
नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं-१३ मा संचालित एक औषधी पसललाई सिल गरिएको छ । बजरा अनुगमन टोलीले सोमबार औषधी पसलको अनुगमनका क्रममा कैफियत भेटाएपछि सिल गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बाँके र औषधी व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जको संयुक्त अनुगमन टोलीले अनुगमन गर्दा कैफियत पाएपछि नेपालगञ्ज-१३ मा सञ्चालित वर्मा अञ्जला मेडिकल हललाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिनुभयो ।
सर्वसाधारणको गुनासोका आधारमा उक्त औषधी पसलमा अनुगमन गरिएको थियो । पसलमा अनुमति लिएको व्यक्ति नभएर अन्य बसेको र नेपालमा दर्ता नभएका औषधी सञ्चय गरेको पाएपछि सिल सिल गरिएको प्रशासनले जनाएको छ ।





