बन्धक बनेका एक युवाको उद्दार, दुई जना पक्राउ

काठमाडौं । बैदेशिक रोजगारीमा गएर कतारबाट फर्केका एक युवकलाई अपहरण गरी बन्धक बनाएको अवस्थामा प्रहरीले उद्दार गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कतारबाट सोमबार काठमाडौं आएका सप्तरीका सिकेन्द्र यादवलाई बन्धक बनाएको अवस्थामा काठमाडौं सिनामंगलबाट उद्दार गरेको हो ।

प्रहरीले सिकेन्द्रलाई बन्धक बनाएको आरोपमा अजिम अली र एमडी सहनीलाई पक्राउ गरेको छ । उनीहरुले सिकेन्द्रलाई ४ लाख ८० हजार रुपैयाँ माग गर्दै एउटा कोठामा बाँधेर राखेको पाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले जानकारी दिनुभयो ।

Previous article६ जना मन्त्री नियुक्तीसँगै कर्णाली सरकारले पायो पूर्णता
Next articleभन्सार छलिको ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here