
नेपालगञ्ज । बाँके प्रहरीले भारतबाट भन्सार छलि गरेर ल्याइएको ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले नेपालगञ्ज ४ बसपार्कबाट अवैध ४ सय पिस स्मार्ट मोबाइलको डिस्प्ले बरामद गरेको जनाएको छ।
बरामद उक्त ४ सय पिस डिस्प्लेको मूल्य ८ लाख रुपैयाँ रहेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताउनुभयो ।
बरामद गरेको डिस्प्लेहरुलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय बुझाइएको छ ।





