
नौवस्ता । बाँकेको बैजनाथ गाउँपालिका वडा नं-३ नौवस्तामा निर्माणाधिन कारागारको उपप्रधान एवम् गृहमन्त्री रबी लामिछानेले बिहीबार उद्घाटन गर्नुभएको छ । तीन हजार क्षमताको निर्माणाधिन कारागारमा हालसम्म एक हजार क्षमताको कार्य सकिएपछि बिहीबार गृहमन्त्री लामिछानेले औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो ।
उद्घाटनका क्रममा बोल्दै गृहमन्त्री लामिछानेले कैदी बन्दीहरूले आफ्नो सजाय भोगि सकेर समाजमा फर्केर जाँदा अझैपनि समाजले स्वीकार गर्न नसकेकले पारिवारिक तथा सामाजिक जीवन बिताउनका लागि परिवार तथा समाज सचेत बनी मानसिकरुपमा परिवर्तन हुनुपर्ने बताउनुभएको छ ।
उहाँले कारागार याताना गृहका रुपमा मात्र नभएर सुधार गृहका रुपमा रुपान्तरण गर्न जरुरी रहेको भन्दै सुधार गर्नुपर्ने धेरै कामहरुलाई चरणबद्धरुपमा पुरा गर्न आफुहरुले लागृेको बताउनुभयो । उहाँले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुनेमा सरकार गम्भीर रहेको समेत बताउनुभयो ।
तीन हजार क्षमताको कारागारमा हाल करिब एक हजार कैदीबन्दी अट्न मिल्ने पहिलो चरणको कामअन्तर्गत भवन निर्माण गरिएको छ । २०७९ मंसिरमा निर्माण सम्पन्न गरिएको बाँकेको नौबस्ता कारागारमा हाल एक सय ३० जना कैदीबन्दीहरू रहेका छन् ।





