
नेपालगञ्ज । सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाले आयोजनमा गरेको कार्यक्रममा ५४ जनाले रक्तदान गरेका छन् ।
नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टले प्रादेशिक रक्त सञ्चार केन्द्रका प्राविधिक होमराज गिरीलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।
मानव एकता दिवसको अवसरमा सन्त निरंकारी मण्डल नेपाल, नेपालगञ्ज शाखाका प्रमुख (मुखी) शिव प्रसाद गोडियाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले सन्त निरंकारी मण्डल नेपालगञ्ज शाखालाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
सो अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटा, बासका खेम बिष्ट लगायतले आआफ्ना बिचार राख्नुभएको थियो । कार्यक्रममा नेपालगञ्ज वार्ड नं–६ का वडाध्यक्ष समीर प्रताप सिंह, रक्त सञ्चार केन्द्रका प्राविधिक गिरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, सामाजिक अभियन्ता सुदिप भट्ट लगायतको उपस्थित रहेको थियो । रक्तदाताहरुलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।





