तीन महिने ग्रास रूट फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपालगञ्ज । तीन महिने ग्रास रूट फुटवल प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । बुद्व युवा क्लबको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा तीन महिने ग्रास रूट फुटबल प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरूद्दिन राईले उक्त प्रशिक्षण कार्यक्रमको समापन समारोहमा बोल्दै खेल जगतले देशको नाम राष्ट्रिय स्तरमै चिनाउन सफल भएको बताउनुभयो ।

खेलकुदले व्यक्तिलाई स्वास्थ त बनाउनका साथै देशको नाम पनि राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा चिनाउने भएको हुँदा खेलकुदलाई निरन्तरता दिन आवश्यक रहेकोमा जोड दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको मुख्य प्रशिक्षक तथा संयोजक भिमजंग शाह र प्रशिक्षकमा जनक केसी रहनु भएको थियो । खेलको अनुगमन नेपालगञ्ज उपमहानगरपालिकाका नगर उपप्रमुख राई, कार्यपालिका सदस्य बसन्त कनोडिया र कानुनी सल्लाहकारले गर्नुभएको थियो ।

यस्तै प्रतियोगिता प्रशिक्षणले दुई जना महिला खेलाडी प्रदेशस्तरीय खेलमा छनोट भएका छन भने एक जना पुरूष खेलाडी एन्फामा छनोट हुन सफल भएका छन् । समापन समारोहमा खेल सामाग्रीसहित ९२ जना खेलाडीलाई खेल पोशाक वितरण गरिएको थियो ।

Previous articleसन्त निरंकारी मण्डलको कार्यक्रममा ५४ जनाले गरे रक्तदान
Next articleएक सयको नोटमा नयाँ नक्सा राख्ने निर्णयप्रति भारतको असन्तुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here