नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली

नेपालगञ्ज । देशको अवस्था र व्यवस्था बदल्न भन्दै नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली निकालिएको छ ।

देशलाई माया गर्ने सम्पूर्ण राष्ट्रप्रेमीहरुको आयोजनामा देशको अवस्था र व्यवस्था बदल्न भन्दै शनिबार नेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली निकालिएको हो ।

११ वटा उपमहानगरपालिका, ६ वटा नगरपालिका, कर्णाली, दमकमा यस्तो कार्यक्रम भएको प्रतिनिधि सभा सदस्य डा.धवल शम्शेर राणाले जानकारी दिनुभयो । सनातन धर्म सापेक्ष हिन्दू राज्य, राजासहितको प्रजातन्त्रका लागि युवाहरुलाई जागृत गराउने कार्यक्रमको उद्देश्य रहेको बताउनुभयो ।

नेपालगञ्ज रामलिला मैदानबाट शुरु भएको ¥याली भेरी अस्पताल, त्रिभुवन चोक बाईपास हुँदै कारकाँदो चोक, बिरेन्द्र हुँदै बीपी चोकमा समापन गरिएको थियो । ¥यालीमा राप्रपाका केन्द्रीय नेता, जिल्लाका नेता, अन्य राजनीतिक दलका नेताहरुको सहभागिता रहेको थियो ।

देश जोगाउन, देश जोगाउन सकिए मात्र राजनीति गर्न सकिने, संघीयताले देशलाई गम्भीर संकटबाट बचाउन देशप्रेमीहरुलाई एकजुट गर्दै अभियान संचालन गरिएको आयोजकहरुको भनाई छ ।

Previous articleप्रेस युनियन लुम्बिनीको क्यालेण्डर नेपालगञ्जमा विमोचन
Next article१० नम्बर वडास्तरीय युवा क्लब संजालको अध्यक्षमा थापा चयन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here