१० नम्बर वडास्तरीय युवा क्लब संजालको अध्यक्षमा थापा चयन

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका वडा नं १० मा वडास्तरीय युवा क्लबको अध्यक्षमा आदित्य सिंह थापा चयन हुनुभएको छ । शनिबार सम्पन्न संजालको प्रथम अधिवेशनले सर्वसम्मत रुपमा थापालाई अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । संजालको उपाध्यक्षमा रचना बढही, सचिवमा अनिल भुजुवा र कोषाध्यक्षमा सामर्थ ठठेर चयन हुनुभएको छ । यस्तै सदस्यहरू प्रन्जल श्रेष्ठ, अल्फिया मेकरानी, ज्यास्मिन शेख, सुस्मिता गुप्ता, अदिति पाण्डे, अंकिता पाण्डे, सुधीर सिंह चयन हुनुभएको हो ।

अधिवेशनको उद्घाटनमा वडा नं १० वडा सदस्य दिपेन्द्र श्रेष्ठले युवा क्लब सञ्जालसँग सहकार्य गरेर कार्यक्रमहरु गरिने प्रतिबद्धता जनाउनुभएको थियो । युवाहरु असल बाटोमा लाग्दा बालबालिकाहरु त्यो कुराको सिको गर्ने भएकाले सामाजिक कार्यमा युवाको सक्रियता आवश्यक रहेको बताउनुभयो ।

सो क्रममा सञ्जालका अध्यक्ष थापाले युवाहरूको हक अधिकार, युवामैत्री र सचेतनामूलक अभियानमा आफ्नो नेतृत्व रहने प्रतिबद्धता जनाउनुभयो । निवर्तमान अध्यक्ष ऋतिक शाहीले नव निर्वाचित अध्यक्षलाई कार्यकाल सफलताको शुभकामनासँगै पद हस्तान्तरण गर्नुभएको थियो ।

Previous articleनेपालगञ्जमा बृहत मोटरसाईकल ¥याली
Next articleबाँकेमा लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here