स्वाँ या पुंन्हीको उपलक्ष्यमा १६ जनाद्वारा रक्तदान

नेपालगञ्ज । अशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेको आयोजना, २५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा १६ जनाले रक्तदान गरेका छन् ।

हाम्रो शाक्य समाज बाँकेका अध्यक्ष तथा प्रमुख अतिथि पदम कुमार शाक्य र अशोधरा बौद्ध महिला संघ नेपालगञ्ज बाँकेकी अध्यक्ष सुर्दशना शाक्यले रगत संकल गर्ने प्याकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी र प्राविधिक महेश दहितलाई संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

२५६८ औं बुद्ध जयन्ती (स्वाँ या पुंन्ही) को उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा केन्द्रका प्रमुख रेग्मी, सुनिल पुलामी, दहित, केशर सिंह डाँगी लगायतले प्राविधिकमा सहयोग गर्नुभएको थियो । कार्यक्रममा निर्वतमान अध्यक्ष शीला शाक्य, मीना तुलाधर, लता शाक्य, सञ्जु शाक्य, मुना शाक्य लगातयलको सहभागिता रहेको थियो ।

Previous articleबाँकेमा लुम्बिनी प्रदेश स्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी
Next articleहेल्थ याद आयोको स्वास्थ्य शिविर : मोवाइल एपबाट स्वास्थ्य सेवा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here