
नेपालगञ्ज । बाँकेमा मोटरसाईकल चोरी कार्यमा सक्रिय गिरोह पक्राउ परेको छ । पछिल्लो समय जिल्लामा निरन्तर मोटरसाईकल चोरी घट्नाको गुनासो बढेको थियो ।
सर्वसाधारणको गुनासो पश्चात जिल्ला प्रहरी कार्यालय बाँकेबाट परिचालित बिशेष टोलीले चोरी कार्यमा सक्रिय गिरोहलाई पक्राउ गरेको हो । प्रहरीले चोरी कार्यमा संलग्न चार जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा नं-७ का बहुर बर्मा, फरिद दर्जी, उमेश बर्मा र राजन सोनी रहेका छन् । बाँकेका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक नारायण डाँगीले उनीहरुसँगै नौ वटा मोटरसाईकल बरामद गरिएको जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुलाई चोरी कसूरमा बाँके जिल्ला अदालतबाट म्याद थप गरि थप अनुसन्धान बढाइएको प्रवक्ता डाँगीले बताउनुभयो ।





