रोल्पामा जिपले ठक्कर दिंदा १ को मृत्यु २ घाईते

राेल्पा । गएराती रोल्पामा सवारी दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने २ जना घाईते भएका छन् ।

राती अन्दाजी ०८ः३० बजेको समयमा जिल्लाको सुनिलस्मृती गा.पा.८ तल्लोपानी स्थित सुलिचौर(अरेश भित्री सडक खण्डमा) जिपले ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

लु १ ज ३०७० नम्बरको जिपको ठक्कर वाट घाईते भएका मध्ये सुनिल समृती गा.पा.-८ अरेस वस्ने बर्ष ४६ को राहुल मगरको प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौरमा प्राथामिक उपचार पश्वात थप उपचारको लागी बुटवल तर्फ लैजादै गर्दा वाटोमा नै मृत्यु भएको छ ।

अन्य घाईते सोही ठाउ वस्ने बर्ष ६ को राजेन्द्र पुन र बर्ष ३५ कि रिमा पुनलाई तत्काल उपचारको लागी सुनिलस्मृती गा.पा. स्थित प्राथामिक स्वास्थ्य केन्द्र सुलीचौर ल्याईएकोमा थप उपचारको लागी बुटवल रिफर गरिएको छ ।

दुर्घटना लगत्तै घटनास्थल वाट फरार भएको जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही प्रकृया शुरू गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायव उपरिक्षक नरेश राज सुबेदीले जानकारी दिनुभएको छ ।

Previous articleराजापुरमा सहायता कक्ष स्थापना, गेरुवाद्धारा स्वास्थ्य लगायतका सामाग्री प्रदान
Next articleबाँके, बर्दियाका थप ५४ जनामा काेराेना पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here