
बाँके । भेरी अस्पताल नेपालगन्जको प्रयाेगशालामा भएकाे पछिल्लाे परीक्षणमा थप ५४ जनामा काेराेना पुष्टि भएकाे छ ।
पछिल्लो २४ घण्टा यता प्रयाेगशालामा भएकाे १६६ जनाकाे थ्राेट स्वाब परीक्षणबाट ५४ जनामा काेराेना देखिएकाे हाे ।
परीक्षण नतिजा अनुसार बाँकेका २४ जना, बर्दिया ठाकुरबाबाका ९ जना, बर्दियाकै राजापुरका ९ जना, मधुवन, बारबर्दिया, सुर्खेत, जुम्ला कैलाली लगायत जिल्लाका व्यक्तिहरूमा संक्रमण देखिएकाे छ ।
भेरीकाे प्रगाेगशालाकाे परीक्षणबाट हालसम्म ४ हजार २ सय १६ जनामा काेराेना पुष्टि भएकाे छ भने ४८ हजार ६ सय २५ जनाकाे थ्राेट स्वाब परीक्षण भएकाे जनाएको छ । 





