बर्दियाको भुरीगाउँमा ८८ जनाले गरे रक्तदान

नेपालगञ्ज । “रक्तदान जीवनदान” भन्ने उद्देश्यका साथ बर्दियाको भुरीगाउँमा ११ औंं पटक आयोजित वृहत रक्तदान कार्यक्रममा ८८ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिका सैनवारको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज बर्दिया शाखाको संयुक्त आयोजनामा भएको कार्यक्रममा १६ महिलासहित ८८ जनाले रक्तदान गरेका हुन् ।

११ औ पटक आयोजित वृहत कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्साल, स्वयंसेवी रक्तदाता समाज बर्दियाका अध्यक्ष तथा केन्द्रीय सदस्य प्रेम प्रसाद लम्साल, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँका सभापति यज्ञ प्रसाद नेपालले प्रादेशिक रक्त सञ्चार केन्द्र नेपालगञ्जका प्राविधिकद्वय महेश दहित र महेश राना क्षेत्रीलाई संयुक्त रुपमा रगत संकलन गर्ने प्याकेट हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभएको थियो ।

ठाकुरबाबा–१ भुरीगाउँस्थित आधारभूत नगर अस्पतालको प्राङ्गणमा ठाकुरबाबा उद्योग वाणिज्य संघ भुरीगाउँ, नेपाल रेडक्रस सोसाइटी उपशाखा ठाकुरबाबा भुरीगाउँ, रेडियो टाइगर एफ.एम.९९.२ मेगाहर्ज, खानेपानी तथा सरसफाई उपभोक्ता समिति ठाकुरबाबा लगायतको सहकार्यमा सम्पन्न भएको हो ।

प्रादेशिक रक्त सञ्चार केन्द्र प्रमुख उपेन्द्र रेग्मी, रक्त सञ्चार सेवा केन्द्र प्रमुख राजेन्द्र महतारा, राना क्षेत्री, दहित, सृजना थारु, बीरेन्द्र योगी, केशर सिंह डाँगी प्राविधिकमा र अन्यमा आधारभूत नगर अस्पतालका ब्यवस्थापक बेद प्रसाद भण्डारी, भावना गौतम, सुलोचना थारु लगायतले सहयोग गर्नुभएको थियो । कार्यक्रमको अन्तमा प्रादेशिक रक्त सञ्चार केन्द्र प्रमुख रेग्मीले अस्पतालका ब्यवस्थापक भण्डारीलाई प्रशंसा-पत्र प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख इन्द्र बहादुर राजबंशी, स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, बर्दिया जिल्लाको बिभिन्न पलिकाका समाजका पदाधिकारी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

Previous articleस्थापना दिवसमा युनियन बाँकेले स्वास्थ्य शिविर तथा फुटसल प्रतियोगिता गर्दै
Next articleयोग समिति नेपाल छैठों वर्षमा प्रवेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here