
बाँके । जिल्लामा काेराेना संक्रमणबाट मुक्त हुनेहरूकाे संख्या बढ्दै गएकाे छ ।
दैनिक धेरै संख्यामा संक्रमित भेटिने क्रम जारी रहेपनि संक्रमण मुक्त हुनेहरूकाे संख्या पनि त्यसैकाे हाराहारीमा रहेकाे छ ।
काेराेना संक्रमण पुष्टि भएकाहरूमध्ये जिल्लामा हालसम्म ३ हजार ४ सय ३० जना संक्रमणबाट मुक्त भएका छन् ।
शुक्रबार ८ महिला र ८ जना पुरूष गरि थप १६ जना संक्रमण मुक्त भएसंगै जिल्लामा संक्रमण मुक्त हुनेहरूकाे संख्या संक्रमित संख्याकाे हाराहारीमा पुगेकाे हाे ।
बाँकेका काेराेना फाेकल पर्सन नरेश श्रेष्ठका अनुसार प्रति १०० बिरामीहरूमा ९४.०८ प्रतिशत बिरामी निकाे हुने दर रहेेकाे छ ।
जिल्लामा बिहीबार साँझसम्मकाे तथ्यांक अनुसार अनुसार ३ हजार ६ सय ४३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।





