
नेपालगञ्ज । नेपालगञ्जमा हुन लागेको मिस्टर एण्ड मिस एस.ई.ई.को अडिसनबाट १९ जना छनोट भएका छन् ।
शनिबार नेपालगञ्जमा भएको अडिसनमा उल्लेखनीय सहभागीता रहेको थियो । पिके इभेन्ट्स प्रालिको आयोजनामा मिष्टर एण्ड मिस एस.ई.ई.काे तेस्रो संस्करण शनिबारदेखि शुरु भएको छ ।
इभेन्ट्सलाई ब्राण्डिङ गर्दै लैजाने योजनाका साथ तेस्रो संस्करणको अडिसनका लागि ४२ जनाले सहभागिता जनाएको प्रालिका अध्यक्ष प्रकाश कुँवरले जानकारी दिनुभयो ।
यो प्रतिस्पर्धामा हालै यस वर्ष एस.ई.ई दिएका विद्यार्थीहरुले सहभागिता जनाउन पाउँछन् । नेपालगञ्जमा हुने गरेका ब्युटी पेजेन्ट कार्यक्रमहरुमध्ये पिके इभेन्ट्सले गर्ने कार्यक्रम बिश्वस्निय र गुणस्तरीय हुने गरेकाले सहभागीका अभिभावकहरुले समेत कार्यक्रममा चासो देखाएको अध्यक्ष कुँवरले बताउनुभयाे ।
कौशल सिटी मार्टको मुख्य प्रायोजन र होलिल्याण्ड मा.विको एजुकेशन साझेदारी रहेको तेस्रो संस्करणको कोरियोग्राफी मिस टिन लुम्बिनी र मिस हिमालय बुटवलको विजेता सेन्जल पौडेलले गर्दै हुनुहुन्छ । प्रतिस्पर्धाका क्रममा सहभागिहरुलाई वाकिङ, फोटो सुट, सामाजिक कार्य, खेलकुद, मेकअप लगायतका बारेमा प्रशिक्षण दिइनेछ ।
विजेताले छात्रवृत्ति र आयोजक पिके इभेन्ट्सको ब्रान्ड एम्बेसडरका रुपमा काम गर्ने अवसर प्राप्त गर्नेछ । यसैगरी अन्य विभिन्न विधाका विजेतालाई आर्कषक पुरस्कारको व्यवस्था गरेको आयोजकले जनाएको छ ।





