
नेपालगञ्ज । गर्मी बढेपछि नेपालगञ्जका विद्यालयमा बिदा दिइएको छ । बाँकेमा पछिल्लो समय गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जका विद्यालयमा बिदा दिएको हो ।
गर्मीका कारण नेपालगञ्जका संस्थागत, धार्मिक तथा सामुदायिक विद्यालय चार दिन बन्द गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखाले एक सूचना जारी गदै १८ गतेसम्म विद्यालय बन्द गरिने जनाएको छ ।
जिल्लामा अत्याधिक गर्मी तथा लु चलेका कारण नेपालगञ्जभित्र रहेका सम्पूर्ण सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरुमा १५ देखि जेष्ठ १८ गतेसम्म चार दिन पठन पाठन बन्द गर्न सूचनामा भनिएको छ ।





