
नेपालगञ्ज । बाँकेको गाभरमा भएको दुई दिने सामुदायिक तथा सार्वजनिक पुस्तकालयको लुम्बिनी तथा कर्णाली प्रदेशस्तरीय प्रथम सम्मेलनले १२ बुँदे बाँके गाभर घोषणा पत्र जारी गरेको छ ।
बैजनाथ गाउँपालिका वडा नं १ स्थित गाभर भ्यालीमा सोमबार सकिएको सम्मेलनले ११ सदस्यीय कार्यसमिति र ७ सदस्य सल्लाहकार समिति गठन गर्दै १२ बुँदे बाँके गाभर घोषणा पत्र जारी गरेको हो ।
सम्मेलन चेतकान्त भट्टराईको नेतृत्वमा ११ सदस्यीय लुम्बिनी प्रदेशस्तरीय कार्यसमिति गठन गरेको छ । भेलाले कर्णाली प्रदेशको संयोजकमा टेकेन्द्र बस्याललाई चयन गरेको छ ।
जारी घोषणा पत्रमा एक पालिका एक पुस्तकालयको अवधारणा प्रदेश सरकार तथा स्थानीय तहसँग समन्वय गरी कार्यान्वयन गर्न पहल गर्ने, दर्ता गरिएका तर संचालनमा नरहेका पुस्तकालय पुनः संचालन गर्न प्रोत्साहित गरिने नीतिको अवलम्बन गर्न माग गरिने जस्ता महत्वपुर्ण बुँदाहरु रहेका छन् ।
घोषणा पत्र






