बैंकिङ्ग कसूर मुद्दामा फरार अशोक पक्राउ

नेपालगञ्ज । बैंकिङ्ग कसूर मुद्दामा फरार एक व्यक्ति पक्राउ परेका छन् ।

बैंकिङ्ग कसूर मुद्दामा फरार राप्तीसोनारी गाउँपालिका वडा नं-५ का ३६ वर्षीय अशोक कुमार थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला अदातल बाँकेले २०७६ चैत्र ४ गते, २०७८ भदौ २४ गते र २०८० कार्तिक २१ गतेको फैसलाले थारुलाई एक वर्ष १५ दिन कैद र १ लाख ७५ हजार जरिवाना तोकिएको थियो ।

हालसम्म फरार रहेका थारुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले जेष्ठ १३ गते पक्राउ गरी अदालतमा बुझाएको जनाइएको छ ।

Previous articleसामुदायिक तथा सार्वजनिक पुस्तकालयको लुम्बिनी संयोजकमा भट्टराई चयन
Next articleसदस्यता सूचीप्रति आपत्ति जनाउँदै प्रतिकारमा उत्रिने युनियनको चेतावनी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here