
माननीय शिक्षा मन्त्री ज्यूू शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय काठमाण्डौ, नेपाल
आराम रहि आरामै चाहन्छुु,
२००७ सालमा शिक्षा मन्त्रालयको स्थापना भइसकेपछि पहिलोे शिक्षा मन्त्री नृपजंग राणादेखि दर्जनौ व्यक्तिहरुले शिक्षा मन्त्रीको रुपमा आफ्नो फोटो शिक्षा मन्त्रालयमा झुुण्डाए होलान् ।
तपाई पनि त्यही क्रममा शिक्षा मन्त्री बन्नुुभएकोमा ढिलै भएपनि हार्दिक बधाई दिन चाहन्छुु । तपाई भोलि नेपाल सरकारले संसदमा पेश गर्ने आर्थिक बर्ष २०८१/०८२ को बजेट निर्माणमा व्यस्त हुनुहोला ।
हुन त, म एउटा भुुइमान्छे सामुुदायिक विद्यालयको एउटा शिक्षकको चिठी पढ्ने फुुर्सद त के होला ? त्यही पनि तपाई एउटा युुवा व्यक्तित्व र शिक्षामा सुुधार गरौं भन्ने हुटहुटी रहेको देख्दा करिव २० बर्षदेखि सामुुदायिक विद्यालयमा शिक्षक भएको नाताले सामुुदायिक विद्यालयका समस्याहरु शेयर गर्न मात्र यो चिठी लेख्दैछुु ।
कुुनैपनि समृद्ध देशले शिक्षामा लगानी र शिक्षक पेशालाई सम्मानित पेशाको दर्जा दिन्छ भन्ने तथ्य तपाई जस्तो बिदेशमा अध्ययन गरि आउनुु भएको व्यक्तिलाई जानकारी नै छ । नेपालमा शिक्षण पेशाको अवस्था ठिक बिपरित रहेको छ ।
शिक्षकहरु १७ प्रकारमा विभाजित गरिएको छ । सरकारी स्रोतबाट तलब खाने बाल बिकासका शिक्षक जसले प्राथमिक शिक्षाको जग बसाल्ने काम गर्दछन् । आज पनि १६ हजारमा काम गरिरहेका छन् ।
पाँच जना मात्र कर्मचारी रहने सरकारी कार्यालयमा कार्यालय सहयोगी रहने व्यवस्था हुँदा सयौँ विद्यार्थीेले पठनपाठन गर्ने प्राथमिक विद्यालयमा कर्मचारीको दरबन्दी छैन । माननीय ज्यू तपाईले राजनितिक दलसंगको आवद्धता त्याग्न गरेकोे आव्हानलाई मुुक्त कण्ठले प्रशंसा गरिएको थियो ।
माननीय ज्यू नेपालको शिक्षा राजनीतिले बिगारेको भन्ने भ्रम रहेको छ । नेपालको राजनीतिक नेतृत्वले शिक्षालाई बेवास्ता गर्दाको परिणाम आज शिक्षाको अवस्था यो हालतमा पुगेको हो ।
माननिय ज्यूू, नेपालका विद्यालयका प्रधानाध्यापकहरुले महिनाभरी विद्यालय सञ्चालन गरेको भत्ता २००/५०० मात्र छ, तर यही देशमा खाजा भत्ता बापत २०० दैनिक बुुझ्ने कर्मचारी छन् । निजामती कर्मचारी र शिक्षकको बिचमा विदा, भत्ता, टि.ए.डि.ए., छात्रवृति, स्वास्थ्य उपचार, पर्यटन विदा, विदेश भ्रमण, बढुुवा जस्ता हरेक सेवा सुुबिधामा विभेद छ ।
सामुुदायिक विद्यालयमा ५ औं पटकसम्म विज्ञापन खोल्दासमेत शिक्षक नपाइने अवस्था किन आयो ? प्रा.वि.,नि.मा.वि र मा.वि.तहमा स्थायी भएका शिक्षकहरु कोरियन भाषा परीक्षा उतिर्ण गरी कोरिया, जापानको लाइनमा किन बसिरहेका छन् ? खरिदार पदबाट सेवा प्रवेश गरेको एउटा कर्मचारी उपसचिवसम्म पुुग्दा २५ औं बर्षसम्म एउटै श्रेणीमा रहनुु पर्ने वाध्यता छ ।
देशमा गणतन्त्र आइसकेपछि १०० औं नयाँ कानुुन बनि सक्दासमेत ५२ बर्षअघिको शिक्षा ऐन बनाउने कुुरामा कुुनै सरकार सम्बेदनशिल बन्न नसक्दा शिक्षा क्षेत्र अस्त-व्यस्त बनेको जिम्मा कसले लिने ? शिक्षकका दर्जनौ समस्यालाई लिएर कयौँ पटक शिक्षकका पेशागत संगठनहरु आन्दोलित भए र राज्यले १०० औं बुुदे सम्झौता गर्यो ।
गत बर्षमात्र नेपाल शिक्षक महासंघको नेतृत्वमा देशभरीबाट लाखौँ शिक्षक काठमाण्डौ केन्द्रीत ऐतिहासिक आन्दोलनपछि शिक्षकहरुसंग गरेका १२ बुुँदे सम्झौताको अपनत्व लिनुुपर्ने दायित्व माननीयको पर्दछ कि पर्दैन ? शिक्षा ऐन कसैको प्राथमिकतामा नपर्दा शिक्षा कसरी सुुधार हुुन्छ ? गत बर्ष भएकाे सम्झौतामा समेटिएका मागहरुमध्ये केही मागहरु नेपाल सरकारको बजेटमा सम्बोधन गर्न सकिने मागहरु छन् ।
ग्रेड समायोजन, सेवा सुुबिधामा समानता तथा विदा जस्ता कुुराहरु सम्बोधन हुन सक्ने कुुराहरुमा समेत ध्यान गएको देखिंदैन । शिक्षण पेशालाई आकर्षक बनाउने सवालमा तपाईको कार्यक्रममा के कस्ता कुुराहरु समेटिने छन् सचेत पङ्तिले उत्सुकतापुुर्वक हेरिरहेकाे छ ।
तपाई परम्परागत शक्तिहरुको विरुद्ध नयाँ दल र नयाँ सोँच भएको दलको नेता हुनाले पनि तपाईको चुुनावी घोषणा पत्रमा उल्लेखित शिक्षकको तलब सुुबिधा अन्य सेवाको भन्दा १ रुपैयाँ भएपनि बढी हुने कुुराले सांकेतिक रुपमा धेरै अपेक्षा थपेको थियो । अहिले तपाई शिक्षा मन्त्री भएर ल्याउने बजेट नै तपाइको परिक्षणको पहिलो खुट्किला हो ।
शिक्षण पेशालाई आकर्षक बनाउने र गुुणस्तरीय शिक्षक शिक्षामा भित्र्याउन सकेमात्र नेपालको शिक्षाको गुुणस्तर वृद्धि गर्न सकिएला । त्यसका लागी शिक्षा क्षेत्रमा आमुुल परिवर्तन गर्ने गरि नयाँ शिक्षा ऐन यथासिघ्र ल्याउनुुको विकल्प के छ ? संघियताको कार्यान्वयनपछि स्थानीय सरकारका नाममा शिक्षकको स्वाभिमानमा तेजोबोध गर्ने काममा तिव्रता आएको छ ।
शिक्षक नियुुक्तिको नाममा आफन्त, आसेपासे कार्यकर्तालाई नगर शिक्षक होस वा सहजकर्ताको नाममा भर्ति गर्ने कार्यले शिक्षा क्षेत्र झनै ध्वस्त भएको छ । शिक्षालाई सुुधार गर्न शिक्षामा राजनीति रोक्न तपाईले चालेको कदमलाई समर्थन गर्दै राजनीतिक दल पिच्छेका पेशागत शिक्षक संघ संगठन खारेज गरि शिक्षकको पेशागत शुुरक्षाको जिम्मा सरकारले लिने काम गरोस मेरो समर्थन रहने छ ।
पेशागत संघ संगठनको नाममा आफ्नो पार्टीको दलाली गरि राजनीतिको नाममा शिक्षकलाई सताउने दुु:ख दिने कार्य रोक्नै पर्छ । यदि राज्यले शिक्षकलाई यस देशमा कार्यरत अन्य सेवाका कर्मचारी सरह सेवा सुुबिधाको ग्यारेण्टी गर्ने हो भने कोही पनि शिक्षक कुुनै दलको झोला बोक्ने रहर गर्ने छैनन् । तपाईलाई इतिहासले महत्वपुर्ण जिम्मेवारी सुम्पेको छ ।
शिक्षा ऐन शिक्षक तथा शिक्षामैत्री ल्याउने, शिक्षण पेशालाई आकर्षक बनाउने र शिक्षकहरुबीच तथा अन्य सेवाका कर्मचारीसंगको विभेद हटाउने कार्यमा तपाईको नतिजाउन्मुुख भूूमिकाको अपेक्षा गरिएको छ । जति जोगी आए पनि कानै चिरेका भन्ने नेपाली उखानलाई मिथ्या सावित गर्ने गरि तपाईको भूूमिका आवश्यक छ । नत्र स्टन्टबाजी मात्रै हो भने तपाईले पनि शिक्षा मन्त्रालयको भित्तामा एउटा फोटो मात्र थपेको ठहर्ने छ । हार्दिक शुुभकामना ।।
बाबुुराम अधिकारी-प्रधानाध्यापक
श्री प्रभात मा.वि, बैजनाथ गाउँपालिका वडा नं-५, बाँके





