गणतन्त्र दिवसमा स्वास्थ्य कार्यालय बाँकेद्वारा रक्तदान

नेपालगञ्ज । गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य कार्यालय बाँकेले मंगलबार रक्तदान कार्यक्रम गरेको छ । गणतन्त्र दिवसको अवसरमा स्वास्थ्य कार्यालयले भेरी अस्पताल परिसरमा रहेको रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम गरिएको हो ।

कार्यक्रमलाई नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा बाँके प्रहरी प्रमुख तुल बहादुर कार्की, भेरी अस्पताल नेपालगञ्जका प्रमुख मेडिकल सुपरीटेण्डेण्ट डा.पवनजंग रायमाझी, स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाही लगायतको उपस्थिति थियो ।

रगत अभावलाई पूर्ति गर्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रमका संयोजक केशव ज्ञवालीले जानकारी दिनुभयो । कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन् ।

रगतको अभाव कम हुन नदिनका लागि बेला बेला सम्पूर्ण व्यक्तिहरुले रक्तदान तथा कार्यक्रमहरु संचालन गरिन आवश्यक रहेको संयोजक ज्ञवालीले बताउनुभयो ।

Previous articleशिक्षामन्त्रीलाई खुला पत्र !
Next articleउत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पौडेललाई प्रदान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here