बेवारिसका लागि नेपालगञ्जमा बा-आमा घर

नेपालगञ्ज । नेपालगञ्ज-१८ कारकाँदो भुजइगाउँमा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र सञ्चालनमा ल्याइएको छ ।

बेवारिसेको उद्धार, उपचार र पुनर्जीवन प्रदान गर्न बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालय नेपालगञ्जले २५ जना क्षमताको चार कोठे घर आश्रमका रुपमा सञ्चालनमा ल्याएको हो ।

अलपत्र र बेवारिसे अवस्थामा रहेका व्यक्तिहरुको उद्धार गर्दै आइरहेको केन्द्रले औपचारिक रुपमा शनीबार आश्रम शुभारम्भ गरेको हो ।

एक कार्यक्रमका बीच बागेश्वरी अशल शासन क्लव (बास)का अध्यक्ष रमेश सीटौलाले पानसमा बत्ती बाल्दै रिबन काटेर आश्रम शुभारम्भ गर्नु भएको हो ।

अध्यक्ष सीटौलाले बेवारिसेहरुको व्यवस्थापन र नयाँ जीवनको पहल चुनौतीपूर्ण रहेपनि सामुहीक सहकार्यले सहज बनाउने विवास व्यक्त गर्नुभयो ।

कार्यक्रममा बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रका केन्द्रीय प्रतिनीधी राजु गुरुङ, नेपाल पत्रकार महासंघ लुम्वीनी प्रदेशका सचिव शुक्रऋषि चौलागाई, सनलाइफ इन्स्योरेन्सका शाखा प्रमुख कमल शाहीले आश्रम सञ्चालनको सफलताको शुभकामना दिनुभएको थियो ।

बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्र शाखा कार्यालयकी सह सचिव पुनम गुरुङको सभापतित्वमा भएको कार्यक्रमको सञ्चालन केन्द्रका कार्यकारी निर्देशक भुपेन्द्र बस्नेतले गर्नु भएको थियो ।

केन्द्रकी सहसचिव समुना पोख्रेलका अनुसार केन्द्रले हाल सम्म १२ जना बेवारिसेको उद्धार तथा व्यवस्थापन गरिसकेको छ । हाल भेरी अस्पतालमा ३ जनाको उपचार भइरहेको छ भने ४ जनाको शव व्यवस्थापन गरिसकिएको छ ।

Previous articleबाँकेमा काेराेनाबाट मुक्त हुनेकाे संख्या ३४ सय नाघ्याे
Next articleहाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा, चालक गम्भीर घाइते

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here