हेमन्तराज काफ्ले सम्मानित

नेपालगञ्ज । लुम्बिनी बिश्व शान्ति हरित सम्मान २०२४ बाट बाताबरण संरक्षणमा हरित अभियानको माध्यमबाट उत्कृष्ट कार्य गरेबापत नेपालगन्ज-१९ का हरित अभियान्ता हेमन्तराज काफ्ले सम्मानित हुनुभएको छ ।

हरियाे रुख लगाउ भनेर अभियान चलाउनुभएका काफले बुद्धको जन्मभुमि लुम्बिनीमा सम्मानित हुनुभएको हाे । उहाँ ब्रीटिस स्कुल नेपालगन्जका प्रधानाध्यापकसमेत हुनुहुन्छ ।

उहाँले लुम्बिनीमा १० वटा सितलचिनिको बिरुवा पनि लगाउनुभएकाे छ । बातावरण संरक्षणमा रुची राख्ने साथीभाईको जन्मदिन थाहा पाउने वित्तिकै घरमै पुगेर विरुवा उपहार दिने । आफ्नो हरित सोच साकार पार्न साथीभाईलाई नि:शुल्क रुपमा विरुवा उपहार दिने काम कफ्लेले गर्दै्दै आउनुभएको छ ।देशभरी बिरुवा लगाउँदै हिड्ने गर्नुभएकाे छ ।

काफ्लेले राष्ट्रपति रामचन्द्र पौड्याल, पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, माधव नेपाल, प्रदेश ५ का पूर्व मुख्यमन्त्री शंकर पोख्रेल, राजा ज्ञानेन्द्र शाह, पूर्व मन्त्री लालबाबु पण्डित, मन्त्री योगेश भट्टराई, गायिका कोमल ओली, पूर्व मन्त्री महेश्वर गहतराज, पूर्व मन्त्री मोहम्मद ईस्तियाक राई, नायक राजेश हमाल, डाक्टर महावीर पुन, विक्रम पाण्डे, कर्ण साक्य, बरिष्ठ गितकार राजेन्द्र थापा लगायतलाई निम, जामुन, अमला र सितल चिनीको विरुवा उपहार दिनुभएकाे छ ।

रुखप्रति सबैको माया बढोस भनेर यसरी बिरुवा दिने गरेको उहाँले बताउनुभयाे । नयाँ कोहि कसैलाई भेटे बिरुवा उपहार दिने गर्नुहुन्छ । काफ्लेले देशका नाम चलेका ब्यक्तिदेखि सामान्य किसानसम्म बिरुवा उपहार दिनुहुन्छ ।

नेपालगन्जका चिकित्सक, वकिल, प्राध्यापक, पत्रकार, नागरिक समाजका अगुवा, सरकारी तथा गैरसरकारी संस्थाका पदाधिकारी समेतलाई हरित अभियान्ता काफ्लेले बिरुवा दिनुभएकाे छ । सरकारी कार्यलयहरुमा गएर बिरुवा लगाउनेदेखि जिल्लामा जो कोहि नयाँ सिडियो आउनसाथ बिरुवाले स्वागत गर्ने बानी काफ्लेको छ ।

उहाँले बन्जर जमिनमा बिरुवा लगाउनुपर्छ भनेर किसानलाई प्रेरणा दिनुका साथै कुन बिरुवा लगाउने भनेर सल्लाह पनि दिने गर्नुभएको छ । उहाँको निरन्तर लगनशीलता र हरित अभियानलाई उच्च मुल्यांकन गर्दै लुम्बिनी बिश्व शान्ति मंचले एक समारोहबिच बुद्ध जन्मभुमी लुम्बिनीमा मोरिङ्गा फर लभका निर्देशक प्याट्रिक चौ र संस्थाका अध्यक्ष बासु गौतमले संमान पत्र र दोसल्ला ओढाएर सम्मान गर्नुभएकाे थियाे ।

Previous articleउत्कृष्ट पत्रकारिता पुरस्कार २०८० पौडेललाई प्रदान
Next articleबाँकेसहित पश्चिम तराईमा तीन दिन अत्यधिक गर्मीको सम्भावना, सतर्क रहन अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here