हाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा, चालक गम्भीर घाइते

नेपालगञ्ज । आईतबार राती सुर्खेतरोडमा हाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा भएको छ ।

सुर्खेतरोडस्थित बाटिका होटल अगाडी राती करिब आठ बजेको समयमा तीब्र गतिमा रहेको हाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।

अटोरिक्सालाई ठक्कर दिएसंगै हाईस पनि पल्टिएको छ । दुर्घटना लगत्तै हाईका चालक फरार भएका छन् ।

अटोरिक्सा पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । प्रहरी घट्नास्थलमा पुगेको र घाइते अटो चालकलाई अस्पताल लगिएको जनाइएको छ ।

तस्बिर : सुद्द चौधरी

Previous articleबेवारिसका लागि नेपालगञ्जमा बा-आमा घर
Next articleनेपालमा ९० प्रतिशत बढि संक्रमित निको भए

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here