
नेपालगञ्ज । बाँकेमा रहेका आठ वटा पालिकामध्ये सबैभन्दा कम बेरुजू राप्तीसोनारी गाउँपालिकाको रहेको देखिएको छ । महालेखा परीक्षक कार्यालयको ६१ औं वार्षिक प्रतिवेदनका अनुसार जिल्लाका सबै स्थानीय तहहरुमध्ये राप्तीसोनारी गाउँपालिकामा सबैभन्दा कम बेरुजु रहेको देखिएको हो ।
आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण गर्दै महालेखा परीक्षक कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा बाँकेका स्थानीय तहमा ६४ करोड ७२ लाख ८५ हजार रुपैयाँ बेरुजु देखिएको छ । सबैभन्दा बढी बाँकेको बैजनाथ गाउँपालिकामा बेरुजु रहेको देखिएको छ ।
उक्र प्रतिवेदन अनुसार राप्तीसोनारी गाउँपालिकामा २.०५ प्रतिशत, खजुरा गाउँपालिकामा २.४७, जानकी गाउँपालिकामा २.९४, नेपालगञ्ज उपमहानगरपालिकामा ४.०२, नरैनापुर गाउँपालिकामा ४.०२, कोहलपुर नगरपालिकामा ४.६७, डुडुवा गाउँपालिकामा ४.७८ र बैजनाथ गाउँपालिकामा ५.१३ प्रतिशत रहेको उल्लेख छ ।





