शौन्दर्य व्यवसायमा महिलाकाे आकर्षण, गुड न्यू आइ टिसी व्यूटी हब संचालन

नेपालगञ्ज । महिलाहरुको शौन्दर्य लक्षित नेपालगञ्ज सुर्खेतरोडमा गुड न्यू आइ टिसी व्यूटी हब एण्ड स्किन केयर सेन्टरको दोस्रो शाखा संचालनमा आएको छ ।

दोस्रो शाखाको नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले उद्घाटन गर्नुभएको थियो । पछिल्लो समय शौन्दर्य व्यवसायमा महिलाहरूकाे आकर्षण बढेको छ । स्वरोजगार बन्न र सीप सिकेर सानो भएपनि व्यवसाय गर्ने सोंचका लागि महिलाहरु अघि बढिरहेका छन् ।

स्किन र हेयर ट्रिटमेन्टलाई लक्षित गरेर व्यवसाय शुरु गरेको संचालक गिता भण्डारीले जानकारी दिनुभयो । स्वरोजगार बन्नका लागि महिलाहरुलाई यो खालको व्यवसाय सजिलो रहेकाे संचालक भण्डारीले बताउनुभयो । थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिने भएकाले पनि यो व्यवसाय तथा पेशाले धेरैका लागि सहज छ ।

पछिल्लो समय व्यूटिशियन बन्नका लागि डाक्टरी नपढेर यसतर्फ पनि धेरै व्यक्तिहरु सक्रिय भएको देखिएको समेत संचालक तथा व्यूटिशियन भण्डारीले जानकारी दिनुभयो । “दुई चार लाख लगानीमा पनि सजिलै यो व्यवसायमा लाग्न सकिन्छ,” संचालक भण्डारीले भन्नुभयो, “आम्दानीको राम्रो श्रोतका रुपमा यो व्यवसाय देखिन्छ ।”

२० वर्षदेखि यो व्यवसायमा सक्रिय भण्डारीले नेपालगञ्जमा बिगत ६ वर्षदेखि यो व्यवसाय संचालन गर्दै आउनुभएको छ । उद्घाटनमा नेकपा एमाले नेतृ रचना श्रेष्ठ, राप्रपाकी महिला नेतृ पिंकी शाह, महासंघ बाँके उपाध्यक्ष करणा शाह, लगायत व्यूटिशियन व्यवसायीको उपस्थिति रहेको थियो ।

Previous articleबाँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकामा
Next articleलागू औषध बिरुद्ध जानकीमा सचेतना कार्यक्रम संचालन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here