पत्रकार गुप्ताको क्यामेरा फुटाउने प्रयाससँगै दुव्र्यवहार

नेपालगञ्ज । समाचार संगकलन गर्न बर्दिया पुगेका पत्रकार प्रदिप गुप्तामाथि दुव्र्यवहार भएको छ । समाचार संकलनका लागि बर्दियाको गुलरिया नगरपालिकास्थित श्री राधाकृष्ण थारु माध्यमिक विद्यालयमा पुगेका गुप्तामाथि विद्यालयका कर्मचारीद्धारा दुव्र्यवहार भएको हो ।

समाचार संकलनमा रहेका पत्रकार गुप्तामाथि विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रभात सुवेदी, मतिराम शर्माले दुव्र्यवहार गरेको स्वयं गुप्ताले जानकारी दिनुभयो । दुव्र्यवहार घट्नाप्रति मधेश मिडिया मिसन नेपाल बाँके शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक बिज्ञप्ती जारी गर्दै बाँके शाखाले आफ्ना कार्यसमिति सदस्य गुप्तामाथि दुव्र्यवहार तथा क्यामेरा फुटाउने धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट गरेको छ ।

नयाँ सरोकार डटकम अनलाईनका प्रमुखसमेत रहेका गुप्तालाई दुव्र्यवहार गर्नुका साथै क्यामरा समेत फुटाउने प्रयास गरेका थिए । बाँके शाखाका उपाध्यक्ष मनोज कौशलले जारी गरेको विज्ञप्तीमा घटनाको निन्दा गर्दै दोषीलाई कानूनी कारवाहीको माग गरेको छ ।

Previous articleजानकी-२ का कुर्मीको हत्या आरोपमा तीन जना पक्राउ
Next articleबाँकेमा सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here