लागू औषध बिरुद्ध जानकीमा सचेतना कार्यक्रम संचालन

खजुरा । बाँकेको जानकी गाउँपालिकामा लागूऔषध बिरुद्ध दुई दिने सचेतनामूलक कार्यक्रम संचालन भएको छ । सहायताका लागि सहयोगी हातहरु खजुराले जानकी गाउँपालिकाको सहकार्यमा शुक्रबारदेखि दुई दिने लागूऔषध बिरुद्ध सचेतनामूलक कार्यक्रम संचालन गरेको हो ।

खजुरास्थित मिनिपार्कमा औपचारिक रुपमा शुरु भएको कार्यक्रमलाई सम्बोधन गर्दै जानकी गाउँपालिकाका अध्यक्ष छब्बन खाँले लागूऔषध दुर्व्यसनले समाजमा नकारात्मक घट्नाहरु बढाएको बताउनुभयो । लागूऔषध दुव्र्यसनतर्फ समाजका युवाहरुकाे आकर्षण बढेकाे देखिन थालेकोले यसबिरुद्धमा समुदायस्तरमा सचेतनामुलक कार्यक्रम आवश्यक रहेको जोड दिनुभयो ।

“प्रत्येक घरमा लागूऔषध प्रयोगकर्ता बढिरहेका छन्,” अध्यक्ष खाँले भन्नुभयो, “प्रयोगकर्ताले घरका सामानहरु बेचिदिने गर्छन, लागूऔषध प्रयाेगकर्ताका लागि कसको सामान, के ? भन्ने कुराकाे महत्व हुँदैन ।” स्थानीय सरकार अब समाजका यस्ता समस्याका बिषयमा पनि कार्यक्रमहरु संचालन गर्नुपर्ने अवस्था बढेर गएको अध्यक्ष खाँको भनाई थियो ।

सो क्रममा बोल्दै जानकीका सामाजिक विकास संयोजक रामअचल धोवीले थाहै नपाएर युवाहरु लागूऔषध प्रयोगकर्ता भईरहेको देखिन थालेको र यसले घर तथा समुदायमा नै समस्या बढाइरहेको बताउनुभयो । समाजको विकास तथा सकारात्मक सोंचको विकासका लागि लागूऔषध लगायत समाजमा देखिने समस्याबिरुद्ध सबै मिलेर अघि बढ्नुपर्ने संयोजक धोवीको जोड छ ।

जानकी गाउँपालिका युवा तथा बालबालिकालाई यस बिषयमा जानकार बनाई सचेत बनाउन समेत लागि परेको उहाँले बताउनुभयो । प्रहरीसँग समेत सहकार्य गरिएको कार्यक्रममा जानकी गाउँपालिका वडा नं १, ३ र ५ का विद्यार्थी र युवाहरुको सहभागिता रहेको छ ।

संस्थाकी अध्यक्ष पुष्पा कुमारी सुनारको अध्यक्षतामा संचालन भएको उद्घाटन शत्रमा वडा नं-१ का वडाअध्यक्ष मोहम्मद रजा राई, कार्यपालिका सदस्य राजेन्द्र सिंह, इलाका प्रहरी कार्यालय धनौलीका प्रमुख प्रहरी निरीक्षक अशोक मल्ल, संस्थाका उपाध्यक्ष सियाराम पथिक, सहसचिव समसुदुहा खाँ, कोषाध्यक्ष तुलाराम गिरीलगायतको उपस्थिति रहेको कार्यक्रमलाई संस्थाका सचिव विकास हरि कोईरालाले संचालन गर्नुभएको थियो ।

Previous articleशौन्दर्य व्यवसायमा महिलाकाे आकर्षण, गुड न्यू आइ टिसी व्यूटी हब संचालन
Next articleघेरिए पल शाह, सिने रोयलमा रेकर्ड ब्रेक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here