नकआउट फुटबलमा संघारी र दर्पण सेमिफाइनलमा प्रवेश

कोहलपुर । एफसी संघारी नेपालगञ्ज र न्यु दर्पण युवा स्पोर्ट्स क्लब खजुरा बाँके जिल्ला व्यापी नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आइतबार बिहान भएको खेलमा एफसी संघारीले सिटी युथ क्लब कोहलपुरलाई टाइब्रेकरमा ४-३ ले पराजित गर्दैै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

बेलुका भएको खेलमा न्यु दर्पणले न्यु नलेज स्पोट्र्स क्लबलाई ४-० ले हरायो । अब सेमिफाइनलमा एफसी संघारीले सोमबार नेपालगञ्ज-११ स्पोटिङ क्लबसँग प्रतिस्पर्धा गर्नेछ । न्यु दपर्णले कंचनजंगा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

आइतबार कोहलपुर स्थित १३ बिगाह फुटबल मैदानमा एफसी संघारीका उमेश बुढाथोकीले ४०औं मिनेटमा गोल गरेर टोलीलाई अग्रता दिलाउनु भएको थियो । तर सिटी युथका क्षितिज थापा मगरले ४८औं मिनेटमा गोल गदै खेल बराबरी गनु भएको थियो ।

टाइब्रेकरमा एफसी संघारीका नरेन्द्र शाह, रोहन खत्री, नन्दलाल पुन मगर, अमर श्रेष्ठले गोल गर्नु भएको थियो । सिटीको तर्फबाट क्षितिज थापा मगर, टेकेन्द्र विसी र हेमन्त घर्तीले मात्र गोल गर्नुभयो ।

आइतबार बेलुका भएको खेलमा न्यु दर्पणको जितमा सुदिप विकले १८औं मिनेट, हनव सुनारले २९औं मिनेट, अभय थापाले ३७औं मिनेट र विधान सुनारले ६९औं मिनेटमा गोल गर्नु भएको थियो । बाँके जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल जेठ २३ गते हुनेछ ।

प्रतियोगितामा नेपालगञ्ज-११ स्पोटिङ क्लब, सिटी युथ क्लब, ई जोन स्पोट्र्स क्लब, न्यु दपर्ण युवा स्पोट्र्स क्लब, न्यु नलेज स्पोट्स क्लब, एफसी संघारी, कंञ्चनजंगा भिजन स्पोट्स क्लबको सहभागिता रहेको छ ।

Previous articleदुर्घटना न्यूनिकरणका लागि राप्ती सोनारीमा सडक स्वास्थ्य सहायता केन्द्र स्थापना गरिँदै
Next articleजंकफुडले बढ्दो अस्वस्थ जीवनशैली र मानसिक समस्याः डा.उप्रेती

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here