जंकफुडले बढ्दो अस्वस्थ जीवनशैली र मानसिक समस्याः डा.उप्रेती

नेपालगञ्ज । मानसिक समस्या समाजमा तिब्ररुपमा बृद्धि भइरहेको छ । पछिल्लो समय खानपान लगायतका विभिन्न कारणले मानसिक समस्या घरैपच्छिे देखिन थालेको मानसिक रोग विशेषज्ञ डा.अरुणा उप्रेतीले बताउनुभएको छ ।

ढिलो उपचार र अन्धविश्वासका कारण मानसिक रोग दिर्घकालिन समस्याका रुपमा देखा परिरहेको डा.उप्रेतीको भनाई छ । ‘अहिलेको अवस्थामा मानिसको दिनचर्या एकदमै फरक हुन थालेको छ,’ डा.उप्रेतीले भन्नुभयो, ‘मानिसहरुले के खाने के नखाने, कस्ता कस्ता कार्यमा समय दिनुपर्ने जस्ता कुराहरुमा इग्नोर गर्नुले यो समस्या बढिरहेको छ ।’

पछिल्लो समयको तथ्याँकले संसारभर १३ देखि १६ प्रतिशतहरु कुनै न कुनै बेला मानसिक समस्याको सामना गर्न पर्ने देखिएको उहाँले जानकारी दिनुभयो । यस्तै अस्पतालमा आउनेमध्ये करिब २५ प्रतिशत बिरामीमा मानसिक समस्या देखिएको छ । नेपालमा भने दैनिकरुपमा एक जना डाक्टरले ५० देखि ६० जना मानसिक समस्याको बिरामी हुने गरेको डा.उप्रेतीले बताउनुभयो ।

‘हालको अवस्थामा नसर्ने रोगहरुमा मानसिक रोगमा देखिएको छ,’ डा.उप्रेतीले भन्नुभयो, ‘नसर्ने ५ रोगमध्ये मानसिक रोग पनि एक रहेको देखिन्छ ।’ यसका साथै मानिसका खानपान, सुताई र मुभिलिटीलाई ध्यान दिन डा.उप्रेतीले आग्रह गर्नुभएको छ ।

मानसिकरुपमा स्वस्थ हुनका लागि हामीले हाम्रा खानेकुराहरुलाई समेत परिवर्तन गर्न आवश्यक रहेको डा.उप्रेतीले बताउनुभयो । ‘हाम्रा लागि हामीले उत्पादन गर्ने खानेकुरा, अन्नबाली नै सबैभन्दा उत्तम र उत्कृष्ठ छ तर हामीले छिटो र विकासित भएको महसुस गराउनका लागि जंकफुडको प्रयोग गछोैं, यही नै हाम्रा लागि विष हो ।’ डा.उप्रेतीले भन्नुभयो ।

शिक्षित व्यक्तिको संख्या बढेपनि कस्तो खालको शिक्षा प्राप्त गर्यो त भन्ने कुरा नै अफवाहका रुपमा प्रमाणित भइरहेको उहाँले जोड दिँदै जबसम्म हामीले हाम्रा लागि कुन खानेकुरा जरुरी र खानुपर्छ भन्ने ज्ञान बढाउन नसक्दासम्म शिक्षाको सही प्रयोग भएको प्रमाणित हुन नसक्ने समेत बताउनुभयो ।

उहाँका अनुसार समय युवा तथा बालबालिकाहरुमा मानसिक स्वास्थ्य समस्या बढिरहेको छ । पछिल्लो २० वर्षयता ४३ प्रतिशतले यो समस्या बढेको तथ्याँक देखिएको छ । बैज्ञानिक अनुसन्धानले हाम्रो खानपिनले समेत मानसिक स्वास्थ्यमा फरक पारिरहेको देखिएको डा.उप्रेतीले स्पष्ट पार्नुभयो ।

ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीको आयोजना मानसिक स्वास्थ्यः आम संचारको भूमिका बिषयमा बाँके र बर्दियाका संचारकर्मीबीच आइतबार नेपालगञ्जमा छलफल गरिएको हो । कार्यक्रममा पत्रकारिताको माध्यमबाट व्यक्तिहरुको स्वास्थ्यका चेतना फैलाउने कार्य गर्ने कुरामा समेत जोड दिइएको थियो ।

Previous articleनकआउट फुटबलमा संघारी र दर्पण सेमिफाइनलमा प्रवेश
Next articleनेपाल प्रेस युनियन बाँकेद्वारा युनियनकर्मीलाई प्रशिक्षण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here