नेपालमा ९० प्रतिशत बढि संक्रमित निको भए

तस्बिर : फाईल

काठमाण्डौ । नेपालमा कोरोना संक्रमणबाट निको हुने संख्यामा उल्लेख्य सुधार देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार हालसम्म ९०.३४ प्रतिशत संक्रमित निको भएका छन् ।

देशभर २ लाख २० हजार ३ सय ८ जनामा संक्रमण देखिँदा अहिले २० हजार एक सय ६६ संक्रिय संक्रमित छन् । अहिलेसम्म एक हजार ३ सय २१ जनाको मृत्यु भएको छ । विश्वमा भने झन्डै ६ करोड मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयले उल्लेख गरेको तथ्यांकमा विश्वमा हालसम्म ५ करोड ८५ लाख ८ हजार २ सय ७१ जना व्यक्तिमा संक्रमण पुष्टि भएकोमा ४ करोड ४७ लाख ३ हजार ८ सय २१ जना निको भएका छन् । अर्थात विश्वमा संक्रमणमुक्त हुनेको दर ६९।२ प्रतिशत छ ।

यो हेर्दा नेपालमा संक्रमितको निको हुने दर विश्वभरको निको हुने दरभन्दा निकै राम्रो देखिएको छ । पछिल्लो समय नेपालमा परीक्षण दर भने घटेको छ ।

आइतबार जम्मा ८ हजार ३२ जनाको परीक्षण गरिएको छ । ताकि मन्त्रालयले दैनिक परीक्षण क्षमता २६ हजार रहेको दाबी गर्दै आएको छ । आइबार ८ हजारको परीक्षण गर्दा एक हजार ६ सय ६९ जनामा संक्रमण पुष्टि भएको छ भने १६ जनाको मृत्यु भएको छ । सेतोपाटी

Previous articleहाईसले ठक्कर दिँदा अटोरिक्सा दुई टुक्रा, चालक गम्भीर घाइते
Next articleप्रभावशाली महिला सपना, जाे अहिले चर्चामा छिन !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here